प्रिज्माले मागिन् सागरसँग माफी

  • कालिका खवर
  • आइतवार, मंसिर २६, २०७८
  • मोडल प्रिज्मा खतिवडाले मोडल सागर लम्साल ‘बले’ सँग माफी मागेकी छन् । एक कार्यक्रममा प्रिन्सी रोएको घटनालाई लिएर सामाजिक सञ्जालमा सागरलाई गालीको बर्षा हुन थालेपछि उनले माफी मागेकी हुन् ।

    राजधानीमा आयोजित ‘छलछल’ गीतको म्युजिक भिडियो सार्वजनिक कार्यक्रममा उनले माफी सागरसँग मागेकी हुन् । ‘एक अन्तर्वार्तामा प्रिन्सी रोएकी थिइन् । दर्शकले म रोएको र रुनुको कारण सागर लम्सालसँगको प्रेम बुझनु भएको कारण सागर सारलाई गाली दिनुभएको छ’ प्रिज्माले भनिन्, ‘दर्शकको बुझाइमा केही गलत रह्यो । त्यो समय ब्रेकअपका कारण अन्तर्वार्तामा प्रिन्सी रोएकी थिइन् । उ त अन्तवार्तामा भाबुक भएर रोएकी हो ।’

    ‘म सागर सर, दर्शक र उहाँका शुभचिन्तकसँग माफी माग्न चाहन्छु’ उनले अगाडि थपिन्, ‘ब्रेकअपको समाचार सार्वजनिक भइरहँदा प्रिन्सी रोएको बेलामा गलत बुझाइका कारण सागरले गाली खानुपरेको छ ।’ प्रिज्माले रोएको समय आफुहरुले कसैको नाम उल्लेख नगरेकोले सागरलाई गाली गर्नु गलत भएको उनको भनाई रहेको छ ।

    प्रिज्मा हास्य कलाकार तथा मोडल सागर लम्सालको प्रेममा केही समय रहेर अलग भएकी हुन् । यी दुवैको प्रेमको चर्चा मनोरञ्जन क्षेत्र नलुकेको बिषय हो । विवाहको बिषयमा कुरो नमिल्दा यी दुबैको प्रेममा तिक्तता आएका बताइन्छ ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2024 kalikakhabar.com All right reserved Site By : KOsYs