ब्याजमा मनपरी गरेको भन्दै बैंकविरुद्ध आन्दोलन गर्ने उद्योगीको चेतावनी

  • कालिका खवर
  • आइतवार, पुस ४, २०७८
  • बैंकहरूले ब्याजदरमा मनपरी गरेको भन्दै प्रदेश १ का उद्योगीहरूले बैंकहरूविरुद्ध आन्दोलन गर्ने चेतावनी दिएका छन्।

    नेपाल उद्योग परिसंघ प्रदेश १ का अध्यक्ष भीम घिमिरेले बैंकहरूले ब्याजदर र ब्याजको असुलीमा ज्यादती गरेको भन्दै आन्दोलन गर्ने बताएका हुन्।

    विराटनगरमा आइतबार आयोजित पत्रकार सम्मेलनमा उनले भने, ‘बैंकको ज्यादती विरुद्धमा हामी आन्दोलन गर्छौं।’

    परिसंघ प्रदेश अध्यक्ष एवम् उद्योगी घिमिरेले बैंकहरू कमाउने धन्दामा लागेको आरोप पनि लगाए। बैंकले २० प्रतिशत भन्दा बढी नाफा कमाएर अपराध गरिरहेको बताउँदै उनले त्यसो गर्नेलाई राज्यले कारबाही गर्नुपर्ने माग गरेका छन्।

    ‘हामीले सुरूदेखि उठाउँदै आएको पूँजी निर्माणको लागि, निक्षेप बढाउन ब्याज वृद्धि होइन पूँजीगत सुधार र पूँजीगत खर्च बढाउन अति आवश्यक छ,’ घिमिरेले भने, ‘बैंकको ब्याजदरलाई सिंगल डिजिटमा नबढ्ने गरी कायम गर्न र उत्पादन, पूर्वाधार जस्ता उद्योगमा लगानी गर्ने लगानीकर्तालाई असर नगर्ने गरी मुलुकको आर्थिक अवस्था सकारात्मक नभएसम्म यो ब्याज दरको व्यवस्थालाई स्थिर र निरन्तरता राख्ने पहल गर्न हामी हार्दिक अपिलका साथ पुनः गम्भीर ध्यानाकर्षण गर्दछौं।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2023 kalikakhabar.com All right reserved Site By : KOsYs