भारतमा श्रमसम्बन्धी नयाँ नियम लागू हुँदै, हप्तामा चार दिनमात्र काम

  • कालिका खवर
  • मङ्लबार, पुस ६, २०७८
  • नयाँ दिल्लीः भारत सरकारले नयाँ नियम लागू गर्ने भएको छ। आगामी आर्थिक वर्षदेखि सुरु हुनेगरी सरकारले नयाँ श्रम संहिता लागू गर्ने भएको हो। आर्थिक वर्ष सन् २०२२-२३ देखि लागू हुनेगरी सरकारले श्रम संहिता परिमार्जन गर्ने र चारवटा नयाँ श्रम संहिता लागू गर्ने योजना बनाएको भारतीय मिडियामा खबर छ।

    नयाँ संहिताअनुसार श्रमहरुले हप्तामा चार दिनमात्र काम गर्नुपर्ने, तलब भत्ता हप्ता या दैनिकरुपमा बुझ्न पाइने, श्रमअनुसार ज्याला परिमार्जन हुने वरिष्ठ अधिकारीहरुले भारतीय मिडियासँग बताएका छन्।

    हिन्दुस्तान टाइम्समा प्रकाशित समाचारअनुसार भारत सरकारले नयाँ श्रम संहिता लागू गरेमा आगामी वर्षदेखि कर्मचारीहरुले हप्तामा ४ दिनमात्र काम गर्नुपर्ने छ। कर्मचारीहरुले ४ दिनमा दैनिक १२ घण्टा अर्थात् हप्तामा ४८ घण्टा काम गर्नुपर्ने छ। कर्मचारीको कामअनुसार ५० प्रतिशत तलब र ५० प्रतिशत भत्तामा जोडिनसक्ने विज्ञहरुले बताएका छन्।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    © 2024 kalikakhabar.com All right reserved Site By : KOsYs