एमाले नेत्रावति डबजोङ गा पा को उप-सचिवमा युवा नेता जमकटेल

  • कालिका खवर
  • बुधबार, पुस ७, २०७८
  • नेकपा एमाले नेत्रावति डबजोङ गा पा को दोस्रो पुर्ण बैठकबाट  उप-सचिवमा हरि शरण जमकटेललाई चयन गरिएको छ । प्रदेस कमिटि सदस्य तथा गा पा ईन्चार्ज- क कृष्ण लामाको प्रमुख आथित्यतामा र गा पा अध्यक्ष -दुर्ग कु शाक्यको विशेष आतिथ्यतामा बसेको दोस्रो मिटिङको अध्यक्षता कमिटि उपाध्यक्ष उत्तम अधिकारिले गरेका थिए ।
    उप सचिवमा दुइ जना धब बहादुर गुरुङ (चन्द्र) र हरि शरण जमकटेलको उम्मेद्बारी परेको थियो ।  युवाहरुलाई अवसर दिनु पर्छ र हामिले अभिभावत्व लिन पर्छ भन्दै उमेदवार  धन बहादुर गुरुङ (चन्द्र ) ले हरि शरण जमकटेललाई नै समर्थन गरि हरि शरण जमकटेल सर्वसम्मत रुपमा निर्वाचित भए। हरि शरणले आफ्नो नेतृत्व पुर्णताको लागि मात्र नभएर परिवर्तनको लागि भएको दावि गरेका छन। उनले आगामि दिनमा पार्टी संगठन र पार्टीको गतिविधिलाई थप चलाएमान बनाउने कुरामा आफु प्रतिवद्ध रहेको पनि दावि गरेका छन।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    © 2023 kalikakhabar.com All right reserved Site By : KOsYs