ओमिक्रोन फैलिएपछि युरोपेली मुलुकहरू पुनः लकडाउन गर्दै

  • कालिका खवर
  • बिहिबार, पुस ८, २०७८
  • कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोन निरन्तर रूपमा फैलिरहेकाले युरोपेली मुलुकहरूले पुनः कोरोना भाइरस प्रतिबन्ध लागु गर्दैछन् ।

    जर्मनी र पर्चुगलले क्रिसमसपछि प्रतिबन्ध र सामाजिक दूरी कायम गर्ने मापदण्डको घोषणा गरेका छन् ।

    ओमिक्रोन थुप्रै युरोपेली मुलुकहरूमा पहिले नै प्रमुख ‘स्ट्रेन’को रूपमा रहेको छ ।

    युरोपमा विश्व स्वास्थ्य संगनका उच्च अधिकारीले संक्रमणको वृद्धिले स्वास्थ्य प्रणालीलाई पतनको किनारामा धकेल्ने चेतावनी दिएका छन् ।

    हान्स क्लूजले अर्को आँधीबेहरी आइरहेको भन्दै संक्रमण रोक्न सरकारहरूले उल्लेखनीय प्रयास गर्नुपर्ने बताए ।e?

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2024 kalikakhabar.com All right reserved Site By : KOsYs