एलन मस्कसँग रिसायो चीन

  • कालिका खवर
  • मङ्लबार, पुस १३, २०७८
  • बेइजिङ : प्रविधिका टाइकुन एलन मस्कसँग चीन रुष्ट बनेको छ । मस्कको भू-उपग्रह स्टारलिंकले दुई पटक आफ्नो भू-उपग्रहसँग टक्कर दिन खोजेको भन्दै चीन उनीसँग रुष्ट बनेको हो । अन्तर्राष्ट्रिय मिडियामा प्रकाशित रिपोर्टअनुसार मस्कको एरोस्पेस कम्पनी स्पेस एक्सद्धारा निर्मित स्टारलिंक भू-उपग्रहले चीनको भू-उपग्रहलाई यसवर्ष दुई पटक टक्कर दिने प्रयास गरेको चीनको आरोप छ ।

    मस्कको भू-उपग्रहबाट बच्न आफूले सर्तकता अपनाउँदा पनि गएको जुलाई र अक्टोबरमा स्टारलिंकले टक्कर दिन खोजेको चीनद्वारा हालै जारी रिपोर्टमा उल्लेख छ । सो घटनालाई उल्लेख चीनले संयुक्त राष्ट्रसंघ समक्ष अमेरिकाले अन्तरिक्ष र भू-उपग्रहसम्बन्धी दुई देशबीच भएको सम्झौता स्मरण गराउन चेतावनी दिएको छ ।

    ‘बाह्य अन्तरिक्ष सन्धीसम्बन्धी हामीबीच भएको सम्झौताबारे अमेरिकालाई ज्ञात गराइदिन हुन संयुक्त राष्ट्रसंघ समक्ष हाम्रो अनुरोध छ,’ चिनियाँ स्पेस पक्षद्धारा जारी विज्ञप्तिमा भनिएको छ, ‘अन्यथा अन्तरिक्षमा रहेको राष्ट्रिय र अन्र्तराष्ट्रिय क्षेत्रमा अमेरिकाले निकै असामान्य ढंगले गरेको गतिविधिको अन्र्तराष्ट्रिय जिम्मेवारी स्वयम्ले नै व्यहोर्नुपर्नेछ ।’

    एलन मस्कको स्पेस एक्स कम्पनीले अमेरिकी संघीय सञ्चार आयोगको अनुमतीमा १६ सयभन्दा बढि भू-उपग्रहहरु अन्तरिक्षमा पठाइसकेको छ भने हालसम्म १२ हजारभन्दा बढि भू-उपग्रहहरु अन्तरिक्षमा लन्च गर्ने तयारीमा छ । चीनको अन्तरिक्ष कार्यक्रमले सन् २०२१ म मात्र पाचवटा अन्तरिक्ष मिसन पुरा गरेको छ ।

    चीनको प्रतिक्रियाप्रति स्पेस एक्सले भने हाल मुख नखोलेको अन्र्तराष्ट्रिय मिडियामा उल्लेख छ ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2024 kalikakhabar.com All right reserved Site By : KOsYs