डेल्टा र ओमिक्रोन भेरियन्टको मिश्रणले विश्वमा डरलाग्दो सुनामी ल्याउनलेे डब्ल्यूएचओको चेतावनी

  • कालिका खवर
  • बिहिबार, पुस १५, २०७८
  • पेरिस: डेल्टा र ओमिक्रोन भेरियन्टको मिश्रणले  कोभिड घटनाको एउटा डरलाग्दो सुनामी ल्याउन लागिरहेको विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का प्रमुखले बताएका छन्।    अमेरिकामा बढ्दो मात्रामा कोभिडका नयाँ सङ्क्रमित देखापरिरहँदा डा. टेड्रोस एड्हानोम गेहब्रेयससको त्यस्तो भनाइ आएको छ। डा. टेड्रोसले दुईवटा भेरियन्टको चुनौतीले समग्र घटनाको चाप बढाएको भन्दै चेतावनी  दिए।

    कोभिडको सुनामीले स्वास्थ्य सेवा प्रणालीलाई धम्की दिने खतरा छ, ओमिक्रोन भेरियन्टले गरेको रेकर्ड वृद्धिले विश्वभर नयाँ वर्षको उत्सवलाई फेरि एकपटक धमिलो पारेको डब्ल्यूएचओले बुधबार जनाएको छ।

    अध्ययनले कैयौं देशमा निकै छिटो मुख्य भेरियन्ट बनेको ओमिक्रोन डेल्टाभन्दा मध्यम रहेको तर निकै धेरै सङ्क्रामक रहेको बताएको छ। फ्रान्सका स्वास्थ्यमन्त्रीले ओमिक्रोनलाई लहरमात्र भनेर नपुग्ने बरु ‘आँधीजस्तो लहर’ भन्नुपर्ने बताए।

    विश्वभरका लाखौं व्यक्तिले फेरि महामारीबीच नै नयाँ वर्षलाई स्वागत गर्नेछन्। यस महामारीको कारण अहिलेसम्म ५४ लाखभन्दा बढी मानिसको ज्यान लिइसकेको छ। कैयौं देशमा चाडपर्व ओझेलमा पर्नुको साथै रद्द गरिएको छ।

    ग्रीसले बुधबार बार र रेस्टुरेन्टमा नयाँ वर्षको पूर्वसन्ध्या पार्टी सीमित गर्नको लागि संगीत प्रतिबन्धित गरेको छ। सार्वजनिक कार्यक्रम पहिले नै रद्द गरिसकेका छन्। मेक्सिकोमा कोरोनाका सङ्क्रमण बढ्दै गएपछि राजधानीका मेयरले नयाँ वर्षको पूर्वसन्ध्याको उत्सव रद्द गरेका हुन्।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2024 kalikakhabar.com All right reserved Site By : KOsYs