मनाङमा हिउपातको कारण 2 जना बेपत्ता

  • कालिका खवर
  • बिहिबार, पुस १५, २०७८
  • मनाङ: मनाङको नासों गाउँपालिका-४ ओडारका ५३ वर्षीय आच्छ्यु गुरुङ बुधबार बिहानै गोठ गए।

    जंगलको बाटो हुँदै गोठ जाँदा उनीसहित तीन जना थिए। गोठमा पुग्दा हिमपात बाक्लो भइसकेको थियो।

    जाडो बढेर उनीहरू फर्कन थाले। आच्छ्यु छिटोछिटो हिड्न सकेनन्। उनीसँगै गएका दुई जना छिटो हिँडर गाउँ फर्किए। आच्छ्यु साँझसम्मै फर्केनन्।

    बुधबार बिहानसम्म पनि उनी सम्पर्कमा आउन नसक्दा प्रहरीले खोजी थालेको छ। ‘बाक्लो हिमपातका कारण उहाँले बाटो बिर्सिएको हुनुपर्छ,’ मनाङका प्रहरी प्रमुख डिएसपी सुवास खड्काले भने, ‘हिउँले बाटो पुरिएकाले पहिल्याउनै समस्या भएको छ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2023 kalikakhabar.com All right reserved Site By : KOsYs