माओवादी केन्द्रमा कसैले पनि दुई कार्यकालभन्दा धेरै एउटै कार्यकारी पदमा बस्न नपाउने गरी विधान संशोधन गर्न नेताहरूले माग गरेका छन्।
काठमाडौंमा जारी आठौं महाधिवेशनमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पेस गरेको राजनीतिक प्रतिवेदनमाथि धारणा राख्ने क्रममा नेताहरूले पार्टीभित्र र बाहिर जहाँ भए पनि लाभको पदमा जानेहरूको कार्यकाल किटान गर्न माग गरेका हुन्।