स्वर्गिय पिताको सम्झनामा : खानेपानी वितरण

  • कालिका खवर
  • आइतवार, पुस १८, २०७८
  •  

    काठमाडौं । वरिष्ठ समाजसेवी पशुपति गुरुङले आफ्नो स्वर्गिय पिता दुर्गा बहादुर गुरुङको सम्झनामा खानेपानी वितरण गर्नु भएको छ । संस्कार समाज नेपालको अध्यक्षसमेत रहनु भएकी समाजसेवी गुरुङले आफ्ना पिता स्वर्गारोहण भएको वार्षिक पुण्य तिथिका अवसरमा स्वर्गिय पिताको सम्झनामा सामाखुशी संगम टोलका स्थानीयहरुका लागि ४० हजार लिटर पानी वितरण गर्नु भएको हो । पानीको हाहाकार भईरहेको अवस्थामा टोलबासी र अधिकांश भाडामा बस्नेहरुलाई लाभ पुग्ने गरी पानी वितरण गरिएको बताउदै समन्वयकर्ता मनि लामाले गुरुङको सामाजिक कार्यको प्रशंसा गर्नु भयो । संगम टोलमा विगतका दिनहरुमा पनि समाजसेवी गुरुङबाट विभिन्न सेवामूलक कार्यहरु हुदै आईरहेको बताउदै लामाले आफ्ना पितृहरुको सम्झनामा गरेको पानी वितरण कार्यक्रम सेवामूलक मात्र नभएर सिर्जनशीलसमेत रहेको बताउनु भयो । गुरुङ संस्कार समाज नेपालको संस्थापक तथा मुख्य अभियन्ता हुनुहुन्छ ।

     

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2025 kalikakhabar.com All right reserved Site By : KOsYs