नेप्से आइतबार ६०. ४ अंकले बढ्यो

  • कालिका खवर
  • आइतवार, पुस १८, २०७८
  • साताको पहिलो दिन आइतबार सेयर बजारको परिसूचक नेप्से ६०. ४ अंकले?इपो बढेको छ । सो अंकको वृद्धिसँगै नेप्से २५८४ अंकमा पुगेको छ । कुल ४ अर्ब १२ करोड रुपैयाँको कारोबार भएको छ । म्युचुअल फण्डबाहेक सबै उपसमूह बढेका छन् । बैंकिङ ३३, ब्यापार १९, होटल तथा पर्यटन ४२, विकास बैंक १४४, जलविद्युत ४६, फाइनान्स १२, निर्जीवन बीमा ४११, उत्पादन ३४८, अन्य ४४, माइक्रोफाइनान्स १४० र जीवन बीमा उपसमूह ३४४ अंकले बढे । कुल १६८ कम्पनीको मूल्य बढ्यो भने १८ को घटेको छ । ४ कम्पनीको मूल्य भने स्थिर रह्यो । दुई कम्पनीहरु हिमालयन डिस्टिलरी र मध्यभोटेकोसी जलविद्युतको मूल्य १० प्रतिशतले बढ्यो । सूर्या लाइफ इन्स्योरेन्सको मूल्य ९.२ प्रतिशतले बढ्यो । त्यस्तै कर्पोरेट डेभलपमेन्टको मूल्य ७.७ र किसान लघुवित्तको मूल्य ७.३ प्रतिशतले बढ्यो । गोर्खा फाइनान्सको मूल्य सबैभन्दा धेरै ५ प्रतिशतले घटेको छ ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2024 kalikakhabar.com All right reserved Site By : KOsYs