राष्ट्रिय युवा परिषद‍्को उपाध्यक्षमा बस्नेत नियुक्त

  • कालिका खवर
  • बुधबार, पुस २१, २०७८
  • काठमाडौं । राष्ट्रिय युवा परिषद‍्को उपाध्यक्षमा सुरेन्द्र बस्नेत नियुक्त भएका छन् । बुधबार बसेको मन्त्रिपरिषद‍्को बैठकले बस्नेतलाई राष्ट्रिय युवा परिषद‍्को उपाध्यक्षमा नियुक्त गरेको मन्त्रिपरिषद स्रोतले जनाएको छ ।

    युवा तथा खेलकुद मन्त्रालयको मातहतमा रहेको परिषद‍्को उपाध्यक्ष नियुक्तिका लागि मन्त्रालयका सचिव डा. दामोदर रेग्मीको नेतृत्वमा तीन सदस्यीय सिफारिस समिति गठन गरिएको थियो ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    © 2024 kalikakhabar.com All right reserved Site By : KOsYs