प्रचण्ड, नारायणकाजी लगायत माओबादिका अधिकांश शीर्ष नेतालाई कोरोना सङ्क्रमण

  • कालिका खवर
  • मङ्लबार, पुस २७, २०७८
  • नेकपा माओवादी केन्द्रका अधिकांश शीर्ष नेताहरू कोरोना संक्रमित भएका छन्।

    माओवादी केन्द्रको आठौं महाधिवेशनपछि उनीहरूलाई कोरोना संक्रमण देखिएको हो।

    पुस ११ गतेदेखि १८ गतेसम्म माओवादी केन्द्रको महाधिवेशन चलेको थियो। पुस १९ गते केन्द्रीय कमिटी बैठक बसेको थियो।

    आठौं महाधिवेशनभन्दा अघिको स्थायी कमिटीका ६ जना नेतालाई कोरोना संक्रमण देखिएको छ। कतिपय नेताहरूलाई रूघाखोकीले सताएको छ। केन्द्रीय कमिटी सदस्य र महाधिवेशन प्रतिनिधि अनि स्वयम सेवकहरूलाई समेत कोरोना संक्रमण देखिएको स्रोतले बताएको छ।

    माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र उनका सचिवालयका maसदस्यहरूलाई कोरोना संक्रमण देखिएको छ। पार्टी कार्यालय पेरिस डाँडामा काम गर्ने अधिकांशलाई कोरोना संक्रमण देखिएको उनको सचिवालयले जनाएको छ।

    माओवादी नेता नारायणकाजी श्रेष्ठ, मात्रिका यादव, चन्द्रप्रकाश खनाल, गणेश शाह, हरिबोल गजुरेल, शक्तिबहादुर बस्नेतलाई कोरोना संक्रमण देखिएको छ। बस्नेत पत्नी एवम् सांसद सत्या पहाडी कोरोना संक्रमित भएकी छन्।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2024 kalikakhabar.com All right reserved Site By : KOsYs