राष्ट्र बैंकद्वारा १०६ अर्ब पुनरकर्जा स्वीकृत, १६ हाइड्रोलाई ५ प्रतिशत ब्याज मै ऋण

  • कालिका खवर
  • बिहिबार, माघ ६, २०७८
  • नेपाल राष्ट्र बैंकले आ.व. २०७८÷७९ को पुस मसान्त सम्ममा  १०६ अर्ब ८ करोड बराबरको  पुनरकर्जा स्वीकृत गरेको छ । राष्ट्र बैंकले ग्राहकको मुल्यांकको आधारमा प्रदान गरिने पुनरकर्जा अन्तर्गत ३ अर्ब ५० करोडको विशेष पुनरकर्जा  र १० अर्ब १२ करोड बराबरको साधारण पुनरकर्जा स्वीकृत गरेको छ । यस अन्तर्गत विशेष पुनरकर्जा २० ऋणीको लागि र साधारण पुनरकर्जा ८२ ऋणीको लागि स्वीकृत गरिएको हो ।

    त्यस्तै क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्थालाई प्रदान गरिने पुनरकर्जाको आकार ९२ अर्ब ४६ करोड रहेको छ । जस मध्ये लघु घरेलु तथा साना उद्यम पुनरकर्जा ८ अर्ब १० करोड, विशेष पुनरकर्जा ८ अर्ब ७९ करोड र साधारण पुनरकर्जा ७५ अर्ब ५८ करोड रहेको छ ।   जस मध्ये लघु घरेलु तथा साना उद्यम पुनरकर्जा ९ हजार ४ सय ८६ ऋणीको लागि, विशेष पुनरकर्जा १६ सय ८७ ऋणीको लागि र  साधारण पुनरकर्जा १२ हजार ९ सय ९२ ऋणीको लागि स्वीकृत गरिएको हो ।

    विशेष पुनरकर्जा अन्तर्गत राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई १ प्रतिशत ब्याजमा कर्जा दिन्छ भने  बैंक तथा वित्तीय संस्थाले ३ प्रतिशत ब्याजमा ऋणीलाई कर्जा दिन्छन। त्यस्तै साधारण  पुनरकर्जा अन्तर्गत राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई ३ प्रतिशत ब्याजमा कर्जा दिन्छ भने बैंक तथा वित्तीय संस्थाले ५ प्रतिशत ब्याजमा ऋणीलाई कर्जा दिन्छन।

    राष्ट्र बैंकले समय समयमा कुनै क्षेत्र विशेषलाई विशेष प्राथमिकता दिने गरी प्रदान गरिने पुनरकर्जालाई विशेष पुनरकर्जा मानिनेछ । यस अन्तर्गत हाल कायम रहेको निर्यात, महिला उद्यमी, फरक ढङ्गलेसक्षम व्यक्तिले सञ्चालन गरेका उद्यम÷व्यवसाय, प्राकृतिक प्रकोपबाट प्रभावित क्षेत्रमा प्रदान गरिएको पुनरकर्जाहरूलाई मानिन्छ।nepal

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    © 2024 kalikakhabar.com All right reserved Site By : KOsYs