काठ चिरेर जीवन धान्ने परिवारलाई १२ करोड राजस्व छलीको मुद्दा

  • कालिका खवर
  • शुक्रबार, माघ ७, २०७८
  • गोरखापत्रमा २०७६ फागुन २२ गते छापिएको मुख्य समाचारको शीर्षक छ, ‘प्रधानमन्त्रीको मिर्गौला प्रत्यारोपण’ । प्रधानमन्त्री केपी शर्मा ओलीको तस्बिरसहितको समाचारमा उपशीर्षक छ, ‘मिर्गौलाले काम गर्न थाल्यो’ । त्यही दिनको गोरखापत्रको आठौं र नवौं पेजमा प्रधानमन्त्री कार्यालयअन्तर्गत रहेको राजस्व अनुसन्धान विभागले राजस्व चुहावटसम्बन्धी मुद्दाको अनुसन्धानका निम्ति सात दिनभित्र उपस्थित हुन भन्दै १ सय ३० फर्म र त्यसका प्रोप्राइटर तथा बैंक खाता सञ्चालकको तीनपुस्ते विवरण छापेको छ ।

    जसमा सिन्धुपाल्चोकको पाँचपोखरी गाउँपालिका–९ लागर्चेका २३ वर्षीय दीपक भुजेलको नाम पनि छ । पत्रिकामा तीनपुस्ते विवरण छापिएको थाहा पाएपछि उनको होस हवास उडेको छ ।

    यो सब कसरी भयो त ? २०७२ को भूकम्पले घर भत्किएका बेला दीपक बेखर्ची थिए । काठ चिर्ने काम गर्दै आएका उनका बाबु पनि कामविहीन भए । त्यही बेला उनलाई नजिकैको साथी पुरुषोत्तम धितालले सुनाए, ‘एक जना मान्छे सम्पर्कमा छ, उसलाई नागरिकता दिएर सही गरिदियो भने पैसा दिन्छ ।’ पुरुषोत्तमले नागरिकता बुझाएर पाँच हजार रुपैयाँ हात पारिसकेका थिए । यस्तै काम गरेर अर्का गाउँले साथी दीपक अधिकारीले पनि पाँच हजार बुझेको उनले थाहा पाए ।

    पुरुषोत्तमले दीपकलाई चिनाइदिएका मान्छे थिए, लक्ष्मण राय यादव । फोन सम्पर्कमा लक्ष्मणले नागरिकता लिएर आए काम मिलाइदिने प्रलोभन दिए । दीपकले काठमाडौं आएर गौशालाको धर्मशालामा बसेका लक्ष्मणलाई भेटे । काठमाडौंबारे त्यति मेसो नपाएका दीपकलाई लक्ष्मणले एउटा निजी बैंकमा लगे, कम्पनी रजिस्ट्रारको कार्यालय पुर्‍याए । दीपकले सुनाए, ‘उनी जहाँ–जहाँ जान्थे, त्यहाँ फटाफट काम हुन्थ्यो ।’ उनले लक्ष्मणले अह्राएअनुसार विभिन्न कागजमा हस्ताक्षर गरिदिए । तीन वटा खाली चेकमा हस्ताक्षर पनि गरिदिए । भोलिपल्ट ५ हजार रुपैयाँ हात परेपछि उनी गाउँ फर्के ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2024 kalikakhabar.com All right reserved Site By : KOsYs