
कसैलाई पनि आफ्नो कामको सिफ्ट समाप्त भएपछि काम गर्न मन लाग्दैन । काम बाँकी नै छ भने पनि यसलाई बीचमै रोकेर थाँती राख्न सकिन्छ । तर एक पाकिस्तानका एक पाइलटले आफ्नो सिफ्ट सकिएको भन्दै बीच बाटोमै विमान उडाउन अस्वीकार गरेका छन् । पाकिस्तानी इन्टरनेशनल एयरलाइन्स (पीआईए)को एउटा विमान आइतबार साउदी अरेबियाको रियादबाट इस्लामाबाद उड्नुपर्ने थियो ।