सनराइज र माछापुछ्र्रे बिच मर्जको संकेत

  • कालिका खवर
  • शुक्रबार, माघ ७, २०७८
  • काठमाडौं– नेपाल बंगलादेश बैंक (एनबी) सँग मर्ज असफल भएपछि सनराइज बैंकले माछापुछ्रे बैंकसँग मर्जको प्रस्ताव गरेको छ। नबिल बैंकले गत साता मात्रै एनबी बैंकलाई प्राप्ती गर्ने सम्झौता गरेको थियो।

    बंगलादेश बैंकमा रहेको आईसीएफसीको ४१ प्रतिशत सेयर दुगड समूहले लिने प्रयास गरेको थियो। उक्त दाैड चाैधरी सूमहले जितेपछि एनबी निबलमा गाभिने सम्कोझाैला भएको हो। चौधरी समूहले पछि पारेसँगै दुगड समूहले मुद्दा समेत दायर गरेको थियो। एनबीको सेयर नपाएपछि सनराइज अन्य बैंकमा केन्द्रित भएको हो।

    नेपाल राष्ट्र बैंकको नीतिअनुसार सबै बैंकहरु मर्जमा केन्द्रित भइरहेकाबेला माछापुछ्रे र सनराइज बैंक पनि मर्जको लागि अनौपचारिक छलफलमा जुटेका छन्।

    दुबै बैंकलाई मर्जर भाँडिएका हिमालयन र नेपाल इन्भेष्टमेन्ट बैंकले समेत प्रस्ताव गरेपनि सनराइज र माछापुछ्रे बैंकले एक आपसमा मर्जको तयारी गरेका हुन्। दुबै बैंकले मान्य हुने प्रस्ताव लेराउने भन्दै अनौपचारिक छलफल अगाडि बढाएका हुन्।

    माछापुछ्रेको १० अर्ब २५ करोड चुक्ता पुँजी रहेको छ भने सनराइजको १० अर्ब ११ करोड रुपैयाँ छ। दुई बैंक मर्जमा गएभने २१ अर्ब चुक्ता पुँजीको बैंक बन्ने छ। दुबै बैंकको खासगरी स्वाप रेसियोमा समेत विवाद नहुने गरी मर्जका लागि प्रस्ताव गएका छन्। बैंकहरुले सम्पम्ती मूल्यांकन गरेर सकेसम्म १ः१ स्वाप रेसियोमै मर्जमा जाने गरी छलफल गरेका छन्।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2024 kalikakhabar.com All right reserved Site By : KOsYs