शुक्रबार प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रका नाममा अर्को निरस सम्बोधन गरे । महामारीको बीचमा जनतामा उत्साह छर्ने गरी आउने अपेक्षा गरिए पनि प्रधानमन्त्री देउवाले यसअघिका प्रधानमन्त्री केपी शर्मा ओलीकै शैलीमा पट्यारलाग्दो किसिमले आफ्नो सरकारको ‘महिमा गान’ मात्रै गाए , भविष्यप्रति आशा पनि जगाएनन् ।
अधिकांश फुटकर कामका विवरण समेत जोडेर तयार गरिएको लम्बेतान सम्बोधनमा ‘आर्थिक प्रगति’को फेहेरिस्तहरु जोडजाज गरेर राखियो, तर देशले भोगिरहेको गम्भीर आर्थिक समस्यालाई छोपछाप गरिएको देखिन्छ।