सङ्क्रमण दर अहिलेसम्मकै उच्च

  • कालिका खवर
  • शनिबार, माघ ८, २०७८
  • पछिल्लो २४ घण्टामा गरिएको परीक्षणमा पीसीआर विधिबाट गरिने परीक्षणमा सङ्क्रमण दर ५६.८ प्रतिशत पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको तथ्याङ्कले देखाएको छ । कोरोनाको तेस्रो लहर सुरु भए यताकै यो सबैभन्दा उच्च सङ्क्रमण दर हो । शुक्रबार पीसीआर विधिबाट सङ्क्रमण दर ४६.३ प्रतिशत थियो । देशभर थप १० हजार २५४ जनामा कोरोनाभाइरसको सङ्क्रमण पुष्टि भएको छ । २० हजार १८७ जनाको कोरोना परीक्षण गर्दा पीसीआर विधिबाट ८ हजार २१२ तथा एन्टिजेन विधिबाट २ हजार ४२ जनामा सङ्क्रमण पुष्टि भएको छ । एन्टिजेन विधिबाट भने सङ्क्रमण दर ४२.२ प्रतिशतबाट घटेर ३५.७ प्रतिशत पुगेको छ । समग्रमा सङ्क्रमण दर ४६.३ प्रतिशत छ ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2024 kalikakhabar.com All right reserved Site By : KOsYs