मलयालम फिल्म ‘थिरिमाली’को गीतमा स्वस्तिमाको ‘बोल्ड’ आइटम डान्स

  • कालिका खवर
  • आइतवार, माघ ९, २०७८
  • मलयालम चलचित्र ‘थिरिमाली’मा अभिनेत्री स्वस्तिमा खड्काले आइटम नृत्य गरेपछि यो चलचित्रलाई लिएर नेपाली दर्शक पनि उत्साहित छन् । निर्माणपक्षले यसको आइटम गीत सार्वजनिक गरेको छ, जहाँ स्वस्तिमाको बोल्ड नृत्य हेर्न सकिन्छ ।

    ‘रंग विरंगी रात फिरंगी’ बोलको गीतमा स्वस्तिमाको आइटमले दर्शकको मन जितिरहेको छ । सार्वजनिक भएको २४ घन्टा नबित्दै यो गीतले युट्युबमा ५ लाख बढी भ्युज पाइसकेको छ ।मलयालम भाषामा निर्माण गरिएतापनि यो गीत भने हिन्दी भाषामा तयार पारिएको छ । बिजीपालको संगीत, तनिष्क नम्बरको शब्द रहेको गीतमा सुनिधि चौहानको स्वर छ ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2024 kalikakhabar.com All right reserved Site By : KOsYs