
पर्यटन विभागले काठमाडौं दरबारमार्गस्थित होटल याक एण्ड यती र त्यसमा रहेको क्यासिनो सञ्चालन नगर्न निर्देशन दिएको छ ।
होटल र क्यासिनोले बुझाउनुपर्ने रोयल्टी र इजाजतपत्र नवीकरण दस्तुर ४२ करोड २५ लाख ६८ हजार २५३ रुपैयाा ४२ पैसा बुझाउन बााकी रहेको भन्दै पर्यटन विभागले होटल र क्यासिनो बन्द गर्न निर्देशन दिएको हो । पटक-पटक सूचना र पत्रमार्फत ताकेता गर्दा पनि रोयल्टी नतिरेको भन्दै मन्त्रीस्तरीय निर्णयमार्फत नै होटललाई कारवाही गरिएको हो ।