एयरपोर्टमै मन्त्रीलाई झक्झकाए फुर्वा मोक्तानले

  • कालिका खवर
  • शुक्रबार, फाल्गुन ६, २०७८
  •  

    काठमाडौं । युवा उद्यमी फुर्वा दोर्जे मोक्तान तामाङले अन्र्तराष्ट्रिय विमानस्थलमा संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आलेलाई सर्वसाधरणहरुलाई सुनमा लगाइने कर नीतिबारे ध्यानाकर्षण गराएका छन् ।

    आफ्नो फेसबुक मार्फत मन्त्री आलेसँग भएको कुराकानीलाई सार्वजनिक गर्दै मन्त्री आलेलाई एयरपोर्टमा सर्वसाधरणले भोग्दै आइरहेको सास्तीबारे अवगत गराएका हुन । मन्त्री आलेलाई मोक्तानले आफ्नो एक साथीले एक हप्ता अगाडि नेपालमै बनाएको गहना लगाएर विदेशबाट फर्किदा ५० ग्राम बाहेकको सुनको कर तिर्नु परेको घटना सविस्तार सुनाउँदै नेपालमा किनेको सुनको कर विदेशबाट फर्किए पछि बारम्बार तिरिरहनु पर्ने बाध्यात्मक तथा अप्ठ्यारो परिस्थितिबारे अवगत गराए । आफूले सम्बन्धित निकायमा बुझ्दा सम्बन्धित निकायबाट ‘तपाईंले जाने बेलामा जति लगाएर जानुस्, त्यो मतलव भएन, तर फर्किदा ५० ग्राम भन्दा बढी सुन भेटेमा त्यसको कर तिर्नैपर्छ’ भन्ने जवाफ आएको कुरा पनि मन्त्रीलाई सुनाएका थिए ।

    सबै कुराहरु सुनिसके पछि मन्त्री आलेले यो आफ्नो मन्त्रालय अन्तर्गतको जिम्मेवारी नभएको भन्दै यसबारे गम्भीर रुपमा सम्बन्धित मन्त्रालयलाई ध्यानाकर्षण गराईदिने प्रतिवद्धतासमेत व्यक्त गरे । मन्त्री आलेले मोक्तानलाई ‘यो मेरो मन्त्रालय अन्तर्गत पर्दैन तर, पनि यो विषय अत्यन्त गम्भीर लाग्यो । म सम्बन्धित मन्त्रालयमा बुझुला । यो सबैको समस्या हो । यस्तो महत्वपूर्ण विषयबारे मलाई अवगत गराइदिनु भयो तपाईंर्लाइ धन्यवाद’ भन्दै प्रतिवद्धता व्यक्त गरेको पनि आफ्नो फेसबुक मार्फत जानकारी गराएका छन् ।

    मोक्तान युवा समाजसेवी तथा कलाकारसमेत हुन ।

    https://www.facebook.com/minbk.tamang/posts/4914819118604172

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    © 2023 kalikakhabar.com All right reserved Site By : KOsYs