संस्कार समाज नेपालको वार्षिकोत्सव चैत्र २ गते

  • कालिका खवर
  • शुक्रबार, फाल्गुन ६, २०७८
  • काठमाडौं । संस्कार– संस्कार समाज नेपालले आफ्नो वार्षिकोत्सव कार्यक्रम सधैं जस्तै चैत्र २ गते गर्ने निर्णय गरेको छ ।
    ‘असल संस्कार सिकौं, सिकाऔं, आफ्नो देश आफै बनाऔ’ र ‘असल संस्कार नै समृद्धिको आधार’ नाराका साथमा विगत चार वर्षदेखि जनचेतनामूलक महाअभियानहरुसहित सक्रिय समाजले वनभोज कार्यक्रमसहित वार्षिकोत्सव कार्यक्रम गर्ने निर्णय गरेको हो । संस्थाले आफ्नो वार्षिकोत्सव हरेक वर्ष चैत्र २ गते गर्ने औपचारिक निर्णय गरेको छ । बार्षिकोत्सव कार्यक्रमका बीच संस्थाले यसै वर्षदेखि ‘संस्कार–चिसकुमारी गुरुङ स्मृति समाजसेवा पुरस्कार–२०७८’ पुरस्कारको सुरुवात गरेको छ । उक्त पुरस्कार यस वर्ष समाजसेवी संस्थाको महाअभियानको समेत सशक्त अभियन्ता कल्पना फुयाँल पौडेललाई प्रदान गर्ने निर्णयसमेत सार्वजनिक गरेको छ ।

    आफ्नी आमा स्व. चिसकुमारी गुरुङको स्मृतिमा उक्त पुरस्कारका लागि रु ५ लाखको अक्षयकोष स्थापना गरेको बताउदै अध्यक्ष गुरुङले उक्त पाँच लाखबाट आउने व्याज रकम समाजसेवाको क्षेत्रमा खर्च गर्ने र केही समाजमा राम्रो कार्य गर्नेहरुलाई प्रोत्साहनस्वरुप पुरस्कार प्रदान गर्ने संस्थाको लक्ष्य रहेको बताइन ।

    उक्त कोषबाट यस वर्ष अन्नपूर्ण गाउँपालिका वडा नं. १०, घान्द्रुकका बाढी पीडित गमेरे गुरुङको परिवारलाई २५ हजार सहयोग प्रदान गरिएको जानकारी पनि अध्यक्ष गुरुङले दिईन । असार १ गते आएको बाढीले गमेरे गुरुङको घर बगाएको थियो । त्यस्तै, बाँकी रकम साधारणसभा र पुरस्कारका लागि छुट्याइएकोसमेत गुरुङले बताईन ।
    त्यस्तै मुख्य अभियन्तासमेत रहेकी अध्यक्ष गुरुङले संस्थाको उदेश्य समाजमा सकारात्मक सोचको विकास गर्ने रहेको बताउदै योग अभियानमा सक्रिय कल्पना फुयाँल पौडेल लामोसमयदेखि योग प्रशिक्षकका रुपमा योग अभियानमा सक्रिय रहेको र सयौं बिरामीको उपचार गर्नु भन्दा समाजमा कैयौंलाई निरोगी बनाउन उत्प्रेरणा प्रदान गर्दै आइरहनु भएकोले उहाँलाई पुरस्कृत गर्ने निर्णयमा पुगेको बताइन ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2024 kalikakhabar.com All right reserved Site By : KOsYs