
काठमाडौं । क्यानडालाई ८ विकेटले हराएपछि समूहमा शतप्रतिशत जितका साथ नेपाल आईसीसी ट्वान्टी–२० विश्वकपको सेमिफाइनलमा पुगेको छ । आगामी अक्टोबर/नोभेम्बरमा अस्ट्रेलियामा हुने विश्वकपमा छानिन नेपालले मंगलबार ओमानको मस्कटस्थित अल अमेरात रंगशालामा युएईलाई पराजित गर्नुपर्नेछ ।
सन् २०१४ मा बंगलादेशमा आयोजित विश्वकपमा छानिनका लागि निर्णायक खेलमा पनि नेपालले हङकङलाई पराजित गरेको थियो । ६ टोली विश्वकपमा छानिने व्यवस्थाअनुसार २०१३ को नोभेम्बर २७ मा युएईमा भएको क्वार्टरफाइनलमा हङकङलाई पराजित गरी नेपाल ऐतिहासिक रुपमा विश्वकपमा पुगेको थियो । शरद भेषावकरले अन्तिम ओभरमा चौका र छक्कासहित १२ रन जोडेपछि नेपालले चर्चित जित पाएको थियो