काठमाडौं । नेपालमा लिभिङ टुगेदरको समस्या बढ्दै गएको भन्दै सांसदहरुले त्यसलाई सम्बोधन गर्ने गरी कानुन बनाउन सुझाव दिएका छन् ।
प्रतिनिधिसभा अन्तर्गतको महिला तथा सामाजिक समितिको सोमबार सिंहदरबारमा बसेको बैठकमा उनीहरुले लिभिङ टुगेदरको समस्या सम्बोधन गर्ने गरी कानुन आवश्यक भएको बताएका हुन् ।