चुनावी तयारीमा ज्योतिष, धामीझाँक्री र धर्म गुरुको प्रयोग गर्ने माओवादी रणनीति

  • कालिका खवर
  • सोमवार, फाल्गुन ९, २०७८
  • काठमाडौं : नेकपा माओवादी केन्द्रले आसन्न निर्वाचनको तयारी थालेको छ । अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीको सातवटै प्रदेश समितिलाई सर्कुलर पठाउँदै स्थानीय तह निर्वाचनको तयारीका लागि दुई बुँदे सर्कुलर पठाएका छन् ।

    अध्यक्ष प्रचण्डले केन्द्रीय समितिबाट विस्तृत योजना र कार्यक्रम नबन्दासम्म संगठनात्मक काम र स्थानीय तह निर्वाचनको तयारीको कामलाई प्रभावकारी बनाउन परिपत्र जारी गरेका हुन् । सर्कुलरमा संगठन सुदृढीकरण तथा विस्तार र निर्वाचन तयारीसम्बन्धी काम गर्न भनिएको छ ।

    पहिलो बुँदाअन्तर्गत विधानअनुसार सबै तहको संगठन विस्तार तथा पूर्णता दिने, परिचालन गर्ने, निर्वाचन केन्द्रीत तयारीको योजना बनाई कार्यान्वयन गर्ने भनिएको छ ।

    त्यसैगरी पूर्वजनमुक्ति सेना, स्थानीय जनसरकारका पदाधिकारी र सदस्यहरु, पूर्णकालीन कार्यकर्ता, सहिद परिवार, घाइते, अपाङ्गता भएका योद्धा र उनका परिवारसँग भेटघाट गरी पार्टीमा सक्रिय बनाउने भनिएको छ । अन्य पार्टीबाट प्रवेश गर्न चाहने नेता कार्यकर्ता, अन्य स्वतन्त्र व्यक्तित्व र पेशा व्यवसायीहरुलाई अभियानात्मक रुपमा पार्टीमा प्रवेश गराई उपयुक्त जिम्मेवारी प्रदान गर्ने भनिएको छ ।

    सबै वडा र टोलहरुमा पार्टी कार्यालय वा सम्पर्क कार्यालय खोल्ने पनि पहिलो बुँदामा उल्लेख छ ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    © 2024 kalikakhabar.com All right reserved Site By : KOsYs