शिक्षासेवी कार्की अभिनन्दित

  • कालिका खवर
  • शुक्रबार, फाल्गुन २०, २०७८
  • काठमाडौं । वरिष्ठ शिक्षासेवी तथा समाजसेवी हेमन्तकुमार कार्की भद्रकुमारी घले सेवा सदनबाट अभिनन्दित भएका छन् ।
    बिहीबार राजधानीमा आयोजित एक विशेष कार्यक्रमका बीच पूर्वउपराष्ट्रपति परमानन्द झाबाट कार्की अभिनन्दित भएका हुन ।
    लामोसमयदेखि शिक्षा तथा समाजसेवाको क्षेत्रमा सक्रिय कार्कीले आफ्नो माता, पिताको नाममा प्रतिष्ठान स्थापना गरेर शिक्षाको क्षेत्रमा अनुकरणीय कार्य गर्दै आइरहेका छन् । विभिन्न विद्यालयहरुमा अक्षयकोष, छात्रबृत्ति स्थापना गरेर गरिब तथा विपन्न वर्गलाई शिक्षाको पहुँच पु¥याउन कार्कीको महत्वपूर्ण योगदान हुँदै आएको छ ।
    अभिनन्दनबाट प्राप्त रकममा आफ्नो फजुल खर्च कटौती गरेर रकम थप गरी श्री महेन्द्र शान्ति मा.बि. बालकोटमा आगामि शैक्षिक सत्र २०७९ पढ्ने साना बिद्यार्थीहरुको पोशाकमा एकरुपता ल्याउनका लागि खर्च गर्ने आफ्नो फेसबुक मार्फत बताएका छन् ।
    भद्रकुमारी घले सेवा सदनको संस्थापक अध्यक्ष सुश्री भद्रकुमारी घलेको ९१ औं जन्मदिनका अवसरमा आयोजित संस्थाको बार्षिकोत्सव, पुरस्कार वितरण, अभिनन्दन तथा पुस्तक लोकार्पण कार्यक्रमका बीच कार्कीलाई अभिनन्दन गरिएको हो ।
    कार्कीसंगै प्रा.डा. भरतकुमार भट्टराई, डा. रमेश शुभेच्छु, श्री ज्ञाननिष्ठ ज्ञवाली, श्री सनत कुमार आचार्य, दीपक भेटुवाल (दीपसागर), चन्द्रप्रसाद न्यौपाने, गणेश घिमिरे ‘मार्मिक’, डम्बर घिमिरे, केशवप्रसाद सापकोटा, प्रेमकुमार उपाध्याय अभिनन्दित तथा पुरस्कृत भएका थिए ।
    पूर्वउपराष्ट्रपति परमानन्द झाको प्रमुख आतिथ्यता, वरिष्ठ समाजसेवी, साहित्यकार तथा कलाकार सुश्री भद्रकुमारी घलेको विशेष आतिथ्यता, संस्थाका ट्रष्टी मेखबहादुर घलेको सभापतित्वमा सम्पन्न कार्यक्रमको संचालन प्रकाश समीरले गरेका थिए ।

     

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2024 kalikakhabar.com All right reserved Site By : KOsYs