समाजलाई गति दिन संस्कार समाज : गुरुङ

  • कालिका खवर
  • शुक्रबार, फाल्गुन २०, २०७८
  • काठमाडौं । संस्कार समाज नेपालका अध्यक्ष पशुपति गुरुङले समाजलाई गति दिने उदेश्यले संस्कार समाज नेपालको स्थापना गरेको बताउनु भएको छ ।
    आफूले माध्यमिक शिक्षा लिएको विद्यालय श्री मेश्रम वराह माध्यमिक विद्यालय, घान्द्रुक कास्कीको ७३ औं वार्षिकोत्सव कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा गुरुङले यस्तो बताउनु भएको हो । संस्कार समाज नेपालले आफ्नो महाअभियानहरु मध्य स्कूल–स्कूलमा असल संस्कार कार्यक्रमसमेत संचालन गर्दै आईरहेको छ ।
    विशिष्ठ अतिथिका रुपमा कार्यक्रममा बोल्दै अध्यक्ष गुरुङले शिक्षाको गुणस्तर एक पक्षले मात्र सोचेर नबढ्ने बताउनु भयो । शिक्षाको गुणस्तर बृद्धि गर्नका लागि शिक्षक, अभिभावक र विद्यार्थीको बराबर दायित्व हुने बताउनु भयो । गुरुङले खाना पकाउने ओदानको उदाहरण दिदै जसरी ओदानको एउटा खुट्टाले काम नगरे पछि खाना पकाउन सम्भव हुँदैन, त्यस्तै शिक्षक, अभिभावक र विद्यार्थीको त्रिकोणात्मक सम्बन्ध नरहे शिक्षामा गुणस्तर नहुने बताउनु भयो ।
    आफैले पढेको विद्यालयलाई अक्षयकोषका लागि गत वर्ष रु. ५ लाख प्रदान गर्नु भएकी गुरुङले सोही कार्यक्रम मार्फत उक्त अक्षयकोष प्रदानसमेत गर्नु भयो ।
    गण्डकी प्रदेशका प्रमुख पृथ्वीमान गुरुङको प्रमुख अतिथ्यतामा सम्पन्न कार्यक्रमको सभापतित्व मेजर ललितमान गुरुङले गर्नु भएको प्रधानाध्यापक यम प्रसाद भण्डारीले बताउनु भयो ।

    No description available.

    No description available.

    No description available.

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2024 kalikakhabar.com All right reserved Site By : KOsYs