भावनात्मक सम्बन्धले भए सुख समृद्धि हुन्छः गुरुङ

  • कालिका खवर
  • बिहिबार, फाल्गुन २६, २०७८
  • काठमाडौं । संस्करा समाज नेपालकी अध्यक्ष पशुपति गुरुङले सुख र समृद्धिका लागि एक अर्काबीच भावनात्मक सम्बन्ध स्थापित हुनु पर्ने बताउनु भएको छ ।
    ११२ औं अन्तर्राष्ट्रिय नारी दिवसका अवसरमा राजधानीमा आयोजित एक कार्यक्रमलाई सम्वोधन गर्दै गुरुङले यस्तो बताउनु भएको हो । नेपाल महिला एकता समाज काठमाडौं जिल्ला समितिद्धारा आयोजित शुभकामना आदान प्रदान कार्यक्रमलाई सम्वोधन गर्दै प्रमुख अतिथि संस्कार समाज नेपालका अध्यक्षसमेत रहनु भएकी गुरुङले यस्तो बताउनु भएको हो ।
    कार्यक्रममा गुरुङले सन् १९०८ मा अमेरिकाको गार्मेन्ट कम्पनीमा काम गर्ने हजारौ महिलाहरूले समान ज्यालाको माग राख्दै आगाडी बढाएको आन्दोलनले सार्थक रुप पाएको दिन भएको उल्लेख गर्दै आजसम्म महिला हिंसा अन्त्य, लैङ्गिक समानताका सवालमा प्रशस्त उपलब्धीहरु भएको बताउनु भयो । गुरुङले भन्नु भयो ‘११२ औ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसका दिन सम्म आइपुग्दा लैङ्गिक समानताका धेरै कुरामा सुधार आइसकेको छ ।’ उहाँले हरेक राज्यले आफ्नो नीति, निर्माण र तर्जुमा गर्दासमेत यी धेरै कुराहरुलाई स्पष्ट व्याख्या गरेको समेत बताउनु भयो ।
    अध्यक्ष गुरुङले समाजमा महिला, पुरुषका बीचमा समझदारी, सम्मान, भावनात्मक सम्बन्ध भए खुशी मिल्ने बताउदै भन्नुभयो ‘समाजमा हकहित समानताको साथै दायित्ववोध, सम्मान, समझदारी, भावनात्मक सम्बन्ध भए मात्र शुख समृद्धि हुन्छ ।’
    कार्यक्रम अध्यक्ष मनि लामाको अध्यक्षतामा सम्पन्न भएको थियो ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2025 kalikakhabar.com All right reserved Site By : KOsYs