प्राध्यापक भन्नुहुन्छ : संस्कार समाज नेपालबाट धेरै कुरा सिक्ने अवसर पाए

  • कालिका खवर
  • बिहिबार, चैत्र ३, २०७८
  • काठमाडौं । पूर्व मन्त्री तथा सांसद, प्राध्यापक भिमसेनदास प्रधानले संस्कार समाज नेपालबाट आफूले धेरै कुराहरु सिक्ने अवसर पाएको बताउनु भएको छ ।
    बुधबार काठमाडौंको टोखा, भूतखेलमा सम्पन्न संस्थाको चौथो वार्षिकोत्सव तथा साधारणसभा कार्यक्रममा प्रमुख अतिथिको रुपमा मन्तव्य राख्ने क्रममा नेता तथा प्राध्यापक प्रधानले यस्तो बताउनु भएको हो । संस्कार समाज नेपालले अघि बढाएका कार्यक्रमहरु राष्ट्रको समृद्धिमा लक्षित रहेको बताउदै सबै सामाजिक संघसंस्थाहरुले यसलाई हातेमालो गर्नु पर्ने आवश्यकता औल्याउँदै संस्थाले संकल्प गरेको समृद्ध नेपाल निर्माणमा सबैको समर्थन हुने बताए ।
    आफूलाई संस्कार समाज नेपालले अगाडि बढाएका कार्यक्रमहरु अति नै लोकप्रिय र प्रभावकारी लागेको बताउँदै मन्तव्यकै क्रममा सांसद विकास कोषको बजेटबाट केही बजेट छुट्याउन पहल गर्ने घोषणासमेत गरे ।
    पूर्वमन्त्री प्रधानले संस्थाका अध्यक्ष पशुपति गुरुङका गतिविधीहरुलाई नियाल्दै आईरहेको र अहिले कार्यक्रममा उपस्थित भएर सबै बुझ्न पाएकोमा खुशीसमेत व्यक्त गर्नु भयो ।


    कार्यक्रमको बारेमा प्रकाश पार्दै अध्यक्ष पशुपति गुरुङले संस्कार समाज नेपालले आजसम्म गरेका गतिविधीहरुले प्रशस्त परिवर्तनहरु महसुस भएको दावी गर्नु भयो । आफूहरुले विगत चार वर्षदेखि गर्दै आएको सचेतना कार्यक्रमले धेरै परिवर्तन ल्याएको बताउदै भन्नु भयो ‘हामीले स्कूल स्कूलमा असल संस्कार’ कार्यक्रमका केही श्रङ्खलाहरु सम्पन्न ग¥यौं, ती विद्यालयका नानीबाबुहरुले बाटोमा भेट्दै गर्दा मलाई भन्नु हुन्छ, म्याम आजभोलि त हामीले जथाभावी बाटो काट्दैनौ नि ? फोहोर पनि बाटोमा फाल्दैनौ नि ?’ यस्ता प्रतिक्रियाहरु प्राप्त गर्दा आफूलाई हर्षानुभूति हुने पनि अध्यक्ष गुरुङले बताउनु भयो ।

    त्यस्तै कार्यक्रमका संचालक प्रकाश समीरले आफू संस्थामा नेतृत्व लिन्छु भनेर नआएको भन्दै पशुपति गुरुङको अभियान राष्ट्र र समाजका लागि अपरिहार्य भएको बुझेर जोडिएको बताउनुभयो । सचिव पदमा दोश्रो कार्यकालका लागि निर्वाचितसमेत भएका समीरले पशुपति गुरुङले सार्वजनिक रुपमा मासिक एक लाखसम्म आफैले खर्च गर्छु भनेर प्रतिवद्धता गरेको कुरा स्मरण गर्दै सच्चा समाजसेवी र सामाजिक अभियन्ता भएको उल्लेख गर्नु भयो । आफूहरु जस्ता युवाहरु जोडिने ठाउँ भनेकै संस्कार समाज नेपाल हो भन्दै अध्यक्ष गुरुङको योगदानको उच्च प्रशंसासमेत गर्नु भयो । देशलाई समृद्ध बनाउनका लागि गुरुङ जस्ता सामाजिक पात्रहरुको खोजी गर्नु पर्ने धारणासमेत समीरले व्यक्त गर्नु भयो ।

    त्यस्तै कार्यक्रमका विशेष अतिथि हेमन्तकुमार कार्कीले अध्यक्ष गुरुङको पुर्खालाई सम्झँदै राणाशासनकालमा शिक्षाका लागि विद्यालयको परिकल्पना गर्ने महान व्यक्तित्वहरुकी सन्तान भएकोले त्यो गुण पशुपति गुरुङमा सरेको बताउनु भयो । समाजसेवा र शिक्षासेवाका क्षेत्रमा पशुपति गुरुङको कार्य अनुशरणयोग्य रहेको समेत बताउनु भयो ।

    चौथो साधरणसभाबाट संस्थाले पुनः पशुपति गुरुङकै नेतृत्वमा नयाँ कार्यसमिति निर्वाचित गरेको छ । जसको उपाध्यक्षमा सुनिता गुरुङ, सचिवमा प्रकाश समीर, सह–सचिवमा सविना मानन्धर, कोषाध्यक्षमा मायादेवी आचार्य तिवारी र सदस्यहरुमा देवी कमार श्रेष्ठ र दीपा खनाल निर्वाचित भएका छन् ।

    सोही कार्यक्रममा समाजसेवी कल्पना पौडेल फुँयाललाई स्व. आमा चिसकुमारी गुरुङको स्मृति स्थापना गरिएको ‘संस्कार– चिसकुमारी स्मृति सामाजिक सेवा पुरस्कार–२०७८’ प्रदान गरियो । त्यस्तै संस्थाले संस्थाका संस्थापक अध्यक्ष, परिकल्पनाकार, मुख्य अभियन्ता पशुपति गुरुङको सम्मानका लागि प्रत्येक वर्ष उहाँको जन्मदिन चैत २ गतेकै दिन आफ्नो वार्षिकोत्सव कार्यक्रम गर्ने घोषण गरेको छ । विगत दुई वर्षदेखि यही दिन संस्थाले आफ्नो वार्षिकोत्सवकार्यक्रम समेत गर्दै आइरहेको सचिव प्रकाश समीरले जानकारी दिनु भयो ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2024 kalikakhabar.com All right reserved Site By : KOsYs