दोलखामा बस्नेतको भव्य सम्मान

  • कालिका खवर
  • शुक्रबार, चैत्र ११, २०७८
  • काठमाडौ । नेपाल खेलकुद महासंघका अध्यक्ष तथा १ नं. प्रदेश खेलकुद विकास बोर्डका कार्यकारी सदस्य सचिव कृष्ण (पर्शुराम) बस्नेत सम्मानित भएका छन् ।
    नेपाल वादोरियो कराते संघले दोलखामा आयोजना गरेको एक विशेष कार्यक्रमका बीच बस्नेतलाई सम्मान गरेको हो ।
    कार्यक्रमका प्रमुख अतिथि भिमेश्वर नगरपालिकाका मेयर भरत के.सी. र नेपाल कराते महासंघका महासचिव हरिशरण के.सी.ले संयुक्त रुपमा बस्नेतलाई सम्मान समर्पण गरेका हुन । कार्यक्रममा नेपाल कराँते महासंघका महासचिव राष्ट्रिय प्रशिक्षक तथा युवा नेता ओमकृष्ण प्रसाईको समेत उपस्थिति रहेको थियो ।
    सम्मान ग्रहण पश्चात आफ्नो सम्वोधनमा बस्नेतले नेपालमै धार्मिक पर्यटनको रुपमा मात्र नभएर दोलखा अन्र्तराष्ट्रिय पदक प्राप्त गर्ने खेलाडी उत्पादन गर्ने जिल्लाको रुपमा परिचित भएको र पहिलो पदक ल्याउने खेलाडी जित्सबहादुर के.सी., पेम्बा तामाङ, हरिशरण के.सी., मानबहादुर तामाङ जस्ता व्यक्तित्वहरु जन्मिएको जिल्ला भएको उल्लेख गर्दै यस्तो ऐतिहासिक ठाउँमा सम्मानित हुन पाउँदा आफूलाई अत्यन्त खुशी लागेको बताए । उनले भने ‘यो सम्मानका लागि आयोजकलाई हार्दिक धन्यवाद ज्ञापन गर्दछु, साथै यो सुवर्ण असरका लागि गुरुहरु हरिशरण के.सी. र ओमकृष्ण प्रसाईप्रति आभार व्यक्त गर्दछु ।’ कार्यक्रमका बत्ताहरुले सम्मानित कृष्ण (पर्शुराम) बस्नेतको व्यक्तित्वको चर्चा तथा परिचर्चा गरेका थिए ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2024 kalikakhabar.com All right reserved Site By : KOsYs