खेलकुद महासंघ महानगर कमिटी गठन

  • कालिका खवर
  • शनिबार, चैत्र १२, २०७८
  • काठमाडौं । नेपाल खेलकुद महासंघ भरतपुर महानगरपालिकाको प्रथम अधिबेशन नेकपा एमालेका युवा नेता तथा महासंघका अधयक्ष कृष्ण बस्नेत (पर्शुराम) को प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ ।
    अधिवेशन भरतपुर स्थित नेकपा एमालेको पार्टी कार्यलयमा महासंघका अध्यक्ष बस्नेतले समुद्घाटन गर्नुभएको हो । नेकपा एमालेको जनबर्गीय संगठन नेपाल खेलकुद महासंघले यहि बैशाख ५ सम्म ७७ जिल्ला तथा सबै पालिका अन्तर्गतका कमिटीहरु क्रियाशील बनाउने नीति अनुरुप सात प्रदेश तथा उपत्यका विशेष कमिटीको गठन गरिएको हो ।
    अधिवेशनबाट योग बहादुर गुरुङको अध्यक्षमा नयाँ कमिटी निर्वाचित भएको छ । खेल क्षेत्रका खेलाडी, प्रशिक्षक, पदाधिकारी तथा खेल शुभचिन्तकहरुको बाक्लो उपस्थितिमा सम्पन्न अधिबेशन २१ सदस्यीय कमिटी निर्वाचित गरेको छ ।
    आगामी स्थानीय निर्वाचनलाई लक्षित गर्दै चैत्र २८–२९ गते काठमाडौमा बसेको दोस्रो महाधिवेशन आयोजक कमिटीको प्रथम बैठकको निर्णयबाट महासङका निवर्तमान उपमहासचिव धरम बहादुर लामाको संयोजकत्वमा १००१ सदस्य चुनाव प्रचार प्रसार तथा निर्वाचन परिचालन कमिटी गठनसमेत गरिसकेको छ ।
    खेलकुदलाई मनोरञ्जन र अतिरिक्त क्रियाकलाप मात्र नसम्झेर खेलकुद मानव जीवनको अनिवार्य क्रियाकलापका रुपमा लिनु पर्ने कुराको जोड दिदै प्रदेश नं. १ खेलकुद बिकास बोर्डका कार्यकारी सदस्य सचिव तथा नेपाल खेलकुद महासंघका अध्यक्ष कृष्ण बस्नेत (पर्शुराम) बताउनु भयो ।
    कार्यक्रममा महासंघका निवर्तमान उपाध्यक्ष ओमकृष्ण प्रसाईं, दिपेन्द्र दाहाल कोषाध्यक्ष बिदुर शर्मा, उपमहासचिव धरम बहादुर लामा, उमेश के.सी. सचिव कपिल नेउपाने, पुष्प जोशी, महासंघका बाग्मती अध्यक्ष सीताराम कार्की तथा नेकपा एमाले चितवन जिल्ला कमिटीका उपाध्यक्ष कमल पाठक, उप–सचिव निशा अधिकारी लगायत सयौको संख्यामा खेलकुद क्षेत्रका लब्धप्रतिष्ठित ब्यक्तित्वहरुको उपस्थित रहेको थियो ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2024 kalikakhabar.com All right reserved Site By : KOsYs