नेपाली सेनामा जागिर खुल्यो

  • कालिका खवर
  • सोमवार, चैत्र १४, २०७८
  • काठमाडौं । नेपाली सेनामा विभिन्न प्राविधिक पदमा भर्ना खुलेको छ ।

    रिक्त रहेका लेखा उपसेनानी, डाक्टर उपसेनानी, पाइलट उपसेनानीसहित विभिन्न ट्रेडका २९ अधिकृत पदका लागि जंगी अड्डाले दर्खास्त आह्वान गरेको हो । सबैभन्दा धेरै उपसेनानी (एमबीबीएस डाक्टर) ५० जना माग गरिएको छ भने लेखा उपसेनानी ४० जनाका लागि दर्खास्त आह्वान गरिएको छ ।  यी सबै पदका लागि अनलाइनबाट फाराम भर्न सकिनेछ । आगामी वैशाख १३ गतेसम्म दर्खास्त दिन सकिनेछ । दोब्बर दस्तुरमा थप एक सातासम्म फाराम भर्न सकिने सूचनामा उल्लेख छन ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    © 2024 kalikakhabar.com All right reserved Site By : KOsYs