महासंघ बस्नेतको इच्छा प्रदेश १मा पनि ओलम्पिक संग्रहालय खोल्ने

  • कालिका खवर
  • मङ्लबार, चैत्र १५, २०७८
  • काठमाडौं । नेपाल खेलकुद महासंघका अध्यक्ष तथा १ न प्रदेश खेलकुद बिकाश बोर्डका कार्यकारी सदस्य सचीव कृष्ण ( पर्शुराम) बस्नेतको टोलिद्वारा नेपाल ओलम्पिक संग्रहालयको अवलोकन सम्पन्न गरेको छ ।

    मंगलवार ललितपुरको सातदोबाटो स्थित संग्रहालयको अवलोकन गर्न महासंघ अध्यक्ष बस्नेतको साथमा नेपाल खेलकुद महासंघको निवर्तमान उपाध्यक्ष तथा बाग्मती प्रदेश नेकपा एमालेका युवा नेता ओम कृष्ण प्रसाईं ,नेपाल खेलकुद महासङ संगठन बिभाग प्रमुख युवा नेता दिपेन्द्र दहाल लगायतको टोलि पुगेको हो। संग्राहलयका अध्यक्ष क्षितिज अरुण श्रेष्ठले बस्नेतलाइ संग्रहालयको स्थिती बिबरण प्रस्तावना सहित खादा ओढाएर स्वागत गर्दै टोलिलाइ नै मायाको चिनो प्रदान गरेका थिए। संग्रहालयको सम्पुर्ण अवलोकन पछि बस्नेत टोलिसङ कुरा गर्दै संग्रहालय अध्यक्ष श्रेष्ठले ‘खेलकुद क्षेत्रको देशकै इतिहास बोकेको यश संग्रहालय जेहेनतेहेन २७वर्ष देखि सन्चालन गर्दै आइरहेका छौँ ,तर सम्बन्धित निकायको सहयोग छैन, जग्गा-भवन पनि छैन ,यश ठाउँ बाट हटाउने कुरा हुदैछ ,हामी नेपाली खेलकुद क्षेत्र कै ऐतिहासिक डकुमेन्ट्री बनाउन चाहान्छौ,सहयोग गरिदिनु पर्यो अनि सम्बन्धित निकायहरुमा पहल गरिदिनु पर्यो’ भने ।

    उनले संग्रहालयकै अवलोकनको शिलशिलामा महासंघ अध्यक्ष बस्नेतलाइ संग्रहालयको सल्लाहकारमा पनि चयन गरेका छन् । अवलोकन समाप्त भैसकेपछी सञ्चारकर्मीसङ कुरा गर्दै महासंघ अध्यक्ष बस्नेतले ‘ आज यस्तो ऐतिहासिक संग्रहालयको सल्लाहकार हुन पाउँदा साच्चै गर्व लागेको छ ।अब यश प्रती मेरो पनि जिम्मेवारी थप अझ भएको छ ।आजसम्मको खेलकुद क्षेत्रको अनुभवले गर्दा मलाइ पनि यसै क्षेत्रमा केही गरौँ भन्ने नै छ । म मेरो ब्यक्तिगत तर्फ अनि महासंघको तर्फबाट पनि केही आर्थिक सहयोग पनि गर्नेनै छु।यस्तै संग्रहालय म प्रदेश १ मा पनि स्थापना गर्न चाहान्छु ,पहल अगाडि बढाइ सकेको छु।उहाहरुको यो कार्य महान छ ,डकुमेन्ट्रीको लागि पनि जोडदार म पहल गर्छु ‘ भने। संग्रहालयमा नेपालले ओलम्पिक खेल कहिलेदेखी खेल्यो, देशकै पहिलो ओलम्पिक पदक भिर्याउने खेलाडी देखि पहिलो सगरमाथा आरोहण गर्ने ब्यक्तिहरुको सम्पुर्ण विवरणलाइ सम्मान ,आकर्षक अनि सुरक्षीत साथ सजाइएको छ ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    © 2024 kalikakhabar.com All right reserved Site By : KOsYs