तारकेश्वर मेयरमा एमालेबाट सुवेदीको बलियो दाबेदारी

  • कालिका खवर
  • शुक्रबार, चैत्र १८, २०७८
  • काठमाडौँ तारकेश्वर नगरपालिकाको मेयरमा एमालेको तर्फबाट राजु सुवेदी बलियो दाबेदारका रुपमा देखिएका छन् । हालका मेयर रामेश्वर बोहोरा नदोहोरिने अवस्था आए सुवेदीले मेयरमा उमेद्वारी दिने गरि दौडधुप तीब्र पारेका छन । पार्टी प्रदेश कमिटी सदस्य सुवेदीलाई तारकेश्वरको मेयरको टिकट दिलाउन एमाले उपाध्यक्ष राम बहादुर थापा बादल लागि परेको स्रोतको दाबी छ ।

    व्यापारिक पृष्ठभूमिका कारण छोटो समयमा नेताहरुसँग हिमचिम बढाउन सिपालु सुवेदी पछिल्लो समय एमाले अध्यक्ष ओलीसँग समेत अस्वभाविक रुपमा नजिकिएका छन् । यसअघि माओवादी अध्यक्ष प्रचण्ड र नेता वर्षामान पुनसँग समेत नजिकको सम्बन्धमा रहेका उनि नेता मिलाउन सिपालु मानिन्छन । आफ्नो पक्षमा टिकट हात पार्न सुवेदीले गएका दुईहप्तामा मात्रै अध्यक्ष ओेलीसँग ३ पटक भन्दा बढि भेटिसकेका छन् ।

    उपाध्यक्ष बादलसँगै ओलीको आर्शिवाद पाए सुवेदीलाई कसैले रोक्न नसक्ने उनि निकटहरु बताउछन्। बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा उपाध्यक्ष बादलले काठमाण्डौमा एकजनामात्रै मेयरको उम्मेदवार अघि सार्ने अवस्था आए उनै सुवेदीका लागि तारकेश्वर नगरपालिका रोज्ने बादल निकट स्रोत बताउँछ । पछिल्लो समय अस्वभाविक रुपमा एमालेको पहिलो तहका नेताहरुसँग घनिष्ठता बढाएका उनलाई तारकेश्वरका एमाले नेताहरुले भने सजिलै स्वीकार गर्ने अवस्था नभएको बताइन्छ।

    बाग्लुङमा राष्ट्रिय जनमोर्चाको राजनीतिबाट उदाएका सुवेदी पछिल्लो पटक एमाले(माओवादी एकता प्रक्रियापछि बादललाई नेता मानेर एमालेमै सक्रिय भएका छन् । राजनीतिसँगै व्यापार र पत्रकारितामा सक्रिय उनि केहि वर्ष अष्ट्रेलिया बसेर फर्केपछि नेकपा एमाले र माओवादी केन्द्रको एकतापछि मात्रै पुनः राजनीतिमा सक्रियता भएका हुन् ।

    अघिल्लो वर्षमात्रै एमालेको जनसंगठन प्रेस चौतारी नेपालको जिल्ला सदस्य भएका उनि बादलकै विश्वास जितेकाले ६ महिनामै प्रदेश उपाध्यक्ष र एकवर्ष नहुदैं प्रेस चौतारी नेपालको केन्द्रिय महाधिवेशनबाट २२ वर्षभन्दा बढि एमालेमै सक्रिय नेताहरुलाई उछिन्दै केन्द्रीय उपमहाचिव हात पार्न सफल भएका छन् । तर, असाध्यै महत्वकांक्षी स्वाभावका सुवेदीले चौतारीमा उपमहाचिव हात पार्ने देखेपछि उनको चर्को बिरोध समेत भएको थियो।

    काठमाडौँको तारेकश्वरमा यसअघि सबै दल एक्लाएक्लै चुनाव लड्दाँ एमालेको तर्फबाट उम्मेदवार बनेका रामेश्वर बोहोराले २ हजार बढि मत अन्तरले विजय भएका थिए। काठमाडौँभित्र एमालेको राम्रो पकड रहेको पालिकाका रुपमा चिनिने तारकेश्वरमा उम्मेदवार बन्दा जित्न सजिलो हुने आँकलनसहित धेरैले यसपटक मेयरको उम्मेदवारमा आकांक्षा राखेपनि बोहोरालेनै दोहोरिने चाहाना राखेकाले उनिनै सबैभन्दा बलिया दाबेदारका रुपमा रहेका छन्। यद्यपी, स्थानीय पुराना नेता लेखनाथ फुँयाल, प्रदेश सचिवालय सदस्य श्याम घिमिरे र नगर कमिटी अध्यक्ष बासु गौतमले समेत मेयरको उम्मेदवार बन्न तीब्र आकांक्षा राखेकाले यहि अन्तरविरोधलाई टेकेर सुवेदीले बाजी मार्ने केहिको आँकलन छ ।

    व्यापारी चन्द्र ढकालको पारिवारिक निकटका उनलाई टिकट दिलाउन ढकालले समेत पहल थालेको चर्चा हुने गरेको छ ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2024 kalikakhabar.com All right reserved Site By : KOsYs