उद्घाटन अघि दुलहीझैँ सिँगारियो रेल

  • कालिका खवर
  • शनिबार, चैत्र १९, २०७८
  • प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय समकक्षी नरेन्द्र मोदीले संयुक्तरुपमा दिल्लीबाट शनिबार भर्चुअल माध्यममार्फत नेपाल रेल सेवाको उद्घाटन गर्ने  कार्यक्रम रहेको छ । लामो समयको पर्खाइपछि जयनगर–कुर्था रेलसेवा औपचारिक रूपमा सञ्चालन हुने भएपछि उद्घाटन तयारीका लागि कर्मचारीहरू खटिएका छन् ।  उद्घाटन अघि भारतको जयनगरमा रेललाई फुलहरूले चिटिक्क पारेर सजाइएको छ । कम्पनीले खरिद गरेको करिब दुई वर्ष बित्नलाग्दा समेत रेल सञ्चालनमा  नहुँदा स्थानीय एवं रेलका कर्मचारी आत्तिएका थिए ।  आज रेलवे सेवा उद्घाटन हुने भएपछि उनीहरु उत्साहित देखिएका छन् ।  औपचारिक रुपमा जनकपुर–जयनगर रेल सेवाको उद्घाटन भएपछि यात्रुले विभिन्न नियमको पालना गर्नुपर्ने भएको छ । रेल उद्घाटन भएर सञ्चालनमा आएपछि रेलमा भारतसम्म जानका लागि नेपाली नागरिकले केही कागजातहरु साथमा राख्नुपर्ने गरी नियम बनाइएको छ ।  सुरक्षा र खुल्ला बोर्डरलाई मध्यनजर गर्दै नेपाली नागरिकले साथमा पासपोर्ट वा नेपाली नागरिकताको प्रमाणपत्र बोक्नुपर्ने हुन्छ । नागरिकता नभएमा निर्वाचन आयोगबाट जारी भएको मतदाता परिचयपत्र भएपनि हुने झाले जानकारी दिए ।  यस्तै आकस्मिक प्रवेशका महावाणिज्य दूतावासद्वारा जारी गरिएको फोटो सहितको सिफारिस पत्र वा प्रमाणपत्र चाहिने व्यवस्था गरिएको छ ।  त्यस्तै १० देखि १८ वर्ष उमेर मुनिका बालबालिकाको हकमा स्कुलको फोटो सहितको परिचयपत्र अनिवार्यरुपमा साथमा राख्नु पर्ने झाले बताए ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2024 kalikakhabar.com All right reserved Site By : KOsYs