भैंसीको पिठ्युमा बसेर कसरी चराउनुपर्छ मलाई थाहा छ : ओली

  • कालिका खवर
  • मङ्लबार, चैत्र २२, २०७८
  • काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले केही विराेधी तत्वहरुले आफूलाई मधेश विराेधी भनेर हल्ला चलाएका बताउनु भएकाे छ ।

    मधेसको नाममा राजनिती गरेर मधेसकै नागरिकलाई ठग्ने तत्वहरुका कारण मधेस पछाडी परेको भन्दै ओलिले नेकपा एमालेले मात्रै मधेसी जनतको विकाश अधिकारको सुनिश्चित्तता गर्ने बताएका हुन् ।

    विरगञ्जमा आयोजित वृहत पार्टी प्रवेश तथा जनसभामा बोल्दै उनले आफु ६० वर्षदेखि मधेसको वासिन्दा रहेको समेत बताएका छन् ।

    ‘केपी ओली मधेस विद्रोही भनेर हल्ला चलाएर यहीँका केही स्वार्थी मानिसले राजनिती गर्न खोजे’, उनले प्रश्न गरे– ‘६० वर्षदेखि म मधेसको बासिन्दा हुँ, भैंसीको पिठ्युमा कसरी बसिन्छ मलाई थाहा, खोलाबाट पैनी खनेर कसरी खेतमा पुर्याउनुपर्छ मलाई थाहा छ, हलो कसरी जोतिन्छ मलाई थाहा छ, अनि म मधेस विरोधी ?’

    मधेसको विकासका लागि सँधै गम्भीर रहेर आफु प्रधानमन्त्री हुँदा कयौं योजनाहरु सम्पन्न गरेको जनाउँदै ओलिले आफूलाई मधेस विरोधीको आरोप लगाए पनि केही फरक नपर्ने बताए ।

    ‘भन्नेले मलाई मधेस विरोधी भन्दै गरे तर मैले ढल्केबर जनकपुर सडक बनाए, मरिन सुनकोशी डाइभर्सन योजना सुरू गर, वषौदेखी ओझेलमा परेको हुलाकी राजमार्गको काम शुरु गरेंं’ उनले भने– ‘तराईका खेतमा सिँचाइ गर्ने म केपी ओली अनि केपी ओली मधेस विरोधी कसरी ?’

    वीरगञ्ज महानगरपालिकाका विकासका लागि एमालेले ध्यान दिने उहाँले बताउनुभयाे । अध्यक्ष ओलीले भन्नुभयाे – ‘पहिला वीरगञ्जमा अर्कै पार्टीका मेयर हुनुहुन्थ्याे,उहाँ राम्राे हुनुहुन्थ्याे तर, मेयर राम्राे भएर के गर्ने पार्टी नराम्राे भएपछि’ अब वीरगञ्ज स्मार्ट सिटी,मेडिकल हव,ग्रिनी सिटी,नमुना सिटी हुनुपर्ने पनि उहाँले बताउनुभयाे ।

    सारा मधेशी जनता एमालेकाे पक्षमा रहेकाे बताउँदै अध्यक्ष ‌ओलीले भन्नुभयाे -‘झुक्याउने शक्तिहरु कमजाेर भएका छन्, झुक्याउने शक्ति एक्लिएका छन् हामी मिलेर मधेशलाई विश्वमै उदाहरणीय बनाउनेछाैँ ।’

     

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2024 kalikakhabar.com All right reserved Site By : KOsYs