सरावगीलाई सांसद यादवको चुनौति, राजीनामा दिएर एमालेबाट चुनाव जितेर देखाऊ

  • कालिका खवर
  • मङ्लबार, चैत्र २२, २०७८
  • वीरगंज – मधेशीकै मतबाट जितेर वीरगंज महानगरपालिकाको मेयर बनेका विजय सरावगी अवसरबादी भएको सांसद प्रदीप यादवले आरोप लगाएका छन् । मधेशीकै मतबाट जितेर मधेशी दललाई नै गाली गर्ने मेयर सरावगी अवसरबादी भएको अरोप लगाएका हुन् ।
    मधेशी दल र मधेशी जनताको भावनासंग खेलवाड गर्ने र उनैलाई गाली गर्ने मेयर सरावगीले नैतिकताको आधारमा दुरुन्तै मेयर पदबाट राजीनामा दिनपर्ने सांंसाद यादवले चुनौती दिएका छन् । तत्कालिन संघिय समाजवादी फोरमबाट मधेशी जनताकै मतबाट मेयर बनेर अहिले एमालेको गुनगान गाउँदै हिँड्ने र मधेशी जनताको मतको अपमान सरावगीलाई मेयर पदमा बसिरहन नैतिकता नभएकाले तुरुन्तै राजीनामा दिनुपर्ने सांसद यादव चुनौति दिए ।
    पर्सा निर्वाचन क्षेत्र नम्बर १ का प्रतिनीधि सभा सदस्य यादवले मधेशी दलबाट मधेशी जनताकै मतबाट जितेको मेयर उनैलाई गाली गर्ने मेयर सरावगी पदमा अहिलेसम्म बसिरहनुल सरावगी नैतिकताहिन व्यक्ति रहेको प्रमाणित भएको छ । कुरा गर्दै सांसद यादवले भने, ‘यदि हिम्मत छ भने तुरुन्त पदबाट राजीनामा दिएर निर्वाचनमा एमालेको मतबाट मेयरमा जितेर देखाउ ? मधेशी जनताकै मतबाट जितेको पदमा अहिलेसम्म बस्ने अनि मधेशविरोधी पार्टीको गुनगान गाउने ?’’ कहिलै पनि छलफल नगर्ने अनि पार्टीविपरितका गतिविधि गर्ने र पार्टीभित्रबाट असहयोग भयो भन्दै हिँडेर मतको अवमूल्यन गर्ने व्यक्तिले मेयर पदमा अहिलेसम्म बसिरहनुको लाजास्पद भएको सांसद यादवले बताए ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    © 2024 kalikakhabar.com All right reserved Site By : KOsYs