
सनराइज बैक डुम्रे शाखाले एक कार्यक्रमको आयोजना गरी पालुङ्टार वाड न ७ बिरुवाटर गोरखामा आफ्नो ८९ शाखारहित बैकिङ सेवा सुभारम्भ गरी सन्चालनमा ल्यायको छ । मुख्य बजार बाट केही किलोमिटर टाढा रहेको उक्त ठाउ बैकिङ पहुच बाट टाढा रहेकोले समुदायलाई आर्थिक कारोबार गर्न सहज होस भन्ने उदेश्यले शाखारहित बैकिङ सेवा सन्चालनमा ल्यायको कुरा उक्त कर्यक्रममा बोल्दै बैकका कर्मचारी तथा कार्यक्रम संचालक मिलन गिरीले जनकारी गराए । उक्त समुद्घाटन समारोहमा अर्का बैकका कर्मचारी युबराज गौतमले समग्रमा बैकले आफ्नो ग्रहाकहरुलाई दिदै आयको सेवा सुभिधाको बारेमा प्रस्ट्याका थिए । कार्यक्रमको प्रमुख अतिथिको रुपमा त्यसै वाडका वाड अध्यक्ष वसन्त कुमार श्रेष्ठ रहेका थिए । त्यस्तै गरी अतिथिको रुपमा बिभिन्न स्थानिय निकायका प्रतिनिधी बिभिन्न सस्थाका बिसिस्ट ब्यक्तित्वको साथै स्थानिय बासिको बक्लो उपस्थिती रहेको थियो । प्रमुख अतिथिको रुपमा रहनु भयको त्यसै वाडका वाड अध्यक्ष वसन्त कुमार श्रेष्ठ ले यस ठाउमा सनराईज बैकले अफ्नो सेवा बिस्तार गरेकोमा धन्यवाद समेत दिदै स्थानियको आर्थिक बिकाश, जिबनस्तर सुधारका साथै दैनिक जिबनमा समेत सहजता आउने भन्दै खुशी ब्यक्त गरेका थिए । झन्डै १०० जनाको उपस्थिती रहेको कार्यक्रममा बैकको सेवा सुबिधाको बारेमा जनकारी पाउदा त्याहाका स्थानिय निकै उत्साहित भयका थिए । बैकको विस्तृत सेवा सुबिधाको बारेमा जानकारी दिदै उक्त कार्यक्रमका सभध्यक्ष समेत रहेका बैकका शाखा प्रबन्धक सन्तोष राज वाग्लेले उक्त समुधघाटन कार्यक्रमलाई समापन गरेका थिए ।