काठमाडौमा स्थापित उमेदवार बने १ लाख भन्दा धेरै भोट आउने दाबि

  • कालिका खवर
  • बुधबार, चैत्र २३, २०७८
  • गत चुनावमा एमाले–राप्रपा तालमेल भएपनि राप्रपासँग १० हजार मत रहेको उनको अनुमान छ । यदि राप्रपासँग तालमेल नभए मेयर शाक्यले पाएको ६४ हजार कुल मतमा १० हजार घट्दा ५४ हजार मत एमालेको रहेको उनी निकटस्थको भनाइ छ । त्यसमध्ये माधव नेपालले ३२ वडामा आफ्ना उम्मेदवार उठाए १० हजार भोट काट्न सक्ने अनुमान आफू निकटसँग गर्दै आएका छन् । उनले कांग्रेसको पहिला ४५ हजार मत रहेको त्यसमा माओवादी केन्द्रको ९ हजार र माधव नेपालको १० हजार भोट बढ्दा एमालेले हार्न सक्ने अनुमान आफू निकटसँग गर्न थालेका छन् ।

    स्थापित निकटका अनुसार गठबन्धनको मत ५५ हजार हुन सक्छ । वर्तमान उपमेयर हरिप्रभा खड्कीलाई उम्मेदवार बनाएमा दुई–चार हजार भोट बढ्न सक्छ । तर पनि यस्तो अवस्थामा आफूलाई पार्टीले टिकट दिए गठबन्धनले पाएको मत भन्दा दोब्बर मत पाउने स्थापितको दाबी छ ।

    ‘चैत मसान्तसम्म पार्टीले आफ्नो पक्षमा निर्णय गरे १ लाख २० हजार भोट आउँछ । उम्मेदवारी दिने दिनसम्म भए १ लाख ५ हजार भोट पाउने आकलन छ । उनी उम्मेदवार भए माधव नेपालतिर लागेका धेरै मानिसले पार्टी प्रवेश गर्छन् । कोही मौन बस्छन्’स्थापित निकट स्रोत भन्छ, ‘स्थापितलाई कांग्रेसका मानिसले पनि सहयोग गर्छु भनेका छन् । स्थापित आयो भने हारिन्छ पैसा मात्र खर्च हुन्छ भन्ने कांग्रेसका उम्मेदवारको तर्क छ, बरू प्रदेशतिर जान्छु, स्थापितसँग प्रतिस्पर्धा गर्दिन भन्ने गरेका छन् ।’ ढिलाे गर्दा कांग्रेसले जित्न सक्ने चेतावनी उनले दिइसकेका छन् ।

    ०१६ सालमा काठमाडौंमा जन्मिएका स्थापित नेपाललाई गाँजामा आत्मनिर्भर बनाउने अभियानमा छन् । गाँजा बेचविखनका लागि विद्यामान कानुन संशोधनका लागि अभियान नै चलाएका थिए । ०७४ मा भएको प्रदेशसभा चुनावमा वाग्मती प्रदेशको मुख्यमन्त्री बन्ने आकांक्षा देखाएका थिए । तर हेटौंडाका डोरमणि पौडेललाई ओलीले मुख्यमन्त्री बनाएपछि उनी रुष्ट भएका थिए ।

    पौडेल नेतृत्वको सरकारमा केही समय भौतिक पूर्वाधार विकास मन्त्री भएका उनलाई मुख्यमन्त्रीसँग टसल परेपछि बर्खास्त गरिएको थियो । उनी ०५४ देखि ०५९ सम्म काठमाडौं महानगरपालिकाको मेयर रहेका थिए । राजा ज्ञानेन्द्रको प्रत्यक्ष कार्यकालमा समेत मेयर भएका थिए । ०५१ देखि ०५२ सम्म उनी राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव र ०६९ मा उपत्यका विकास प्राधिकरणको प्रमुख आयुक्त रहेका थिए ।

    ०७४ मा भएको चुनावमा काठमाडौंको मेयर बन्न नपाएपछि उनी पार्टीले मुख्यमन्त्री बन्ने आशामा प्रदेशसभा गएका थिए । त्यहाँ पनि धोखा खाएपछि स्थापित बिहान जिम गर्ने, ध्यान गर्ने, योगा गर्ने र नेपाललाई गाँजा हब बनाउने अभियानमा लागे । स्थापित काठमाडौं पार्क, खुल्ला क्षेत्र, होटल, रेष्टरेन्ट, फोहरमैला व्यवस्थापन, पूर्वाधार विकास जस्ता विषयमा महत्वकांक्षी योजना अघि सारेर चर्चामा आइरहने नाम हुन् ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2025 kalikakhabar.com All right reserved Site By : KOsYs