सबैतिर तालमेल गरेर जाने निर्णय भयो : प्रचण्ड

  • कालिका खवर
  • शुक्रबार, चैत्र २५, २०७८
  • काठमाण्डौ – नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सत्तारुढ दलहरूबीच तालमेलको विषयमा कुरा भएको बताउनुभएको छ ।

    पत्रकारहरूसँग कुराकानी गर्दै उहाँले आज शुक्रवार बसेको सत्तारुढ गठबन्धनको बैठकमा चुनाव केन्द्रित कुराकानी भएको बताउनुभएको हो ।

    उहाँले भन्नुभयो, ‘मुख्य रूपमा निर्वाचन केन्द्रित भएर कुरा भएको छ । सबैतिर तालमेल गरेर नै जाने भन्ने कुरा भयो ।’

    अर्को एक फरक प्रसङ्गमा उहाँले भरतपुर महानगरको नेतृत्वका बारेमा छलफल नभएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘छलफलबाट निकास निकाल्छौँ । केही समस्या छैन ।’

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    © 2024 kalikakhabar.com All right reserved Site By : KOsYs