पर्साको पकहा मैनपुरमा नेपाली कांग्रेसको वृहत पार्टी प्रवेश कार्यक्रम

  • कालिका खवर
  • शुक्रबार, चैत्र २५, २०७८
  • वीरगंज । पर्साको पकहा मैनपुर गाउँपालिकामा शुक्रबार नेपाली काङ्ग्रेसको बृहत पार्टी प्रबेश कार्यक्रम सम्पन्न भएको छ । गाउँपालिकाको वडा नं. २ मधुवनीमा भएको कार्यक्रममा नेकपा माओवादी केन्द्र पकहा मैनपुर गाउँपालिका कमिटीका अध्यक्ष सुरेश मेहतासहित विभिन्न पार्टी परित्याग गरी दुई सय जना भन्दा बढी कांग्रेशमा प्रबेश गरेका छन् ।

    गत बर्षको निर्वाचनमा माओवादीबाट गाउँपालिका अध्यक्षमा चुनाव लडेका मेहता गाउँपालिका अध्यक्ष विजय चौरसियाबाट झिनो मतान्तरले पराजित भएका थिए । अगामी निर्वाचनमा कांग्रेसबाट चुनाव लडने मेहताको तयारी छ ।

    मेहतासंगै जनता समाजवादी पार्टी पकहा मैनपुर गाउँपालिका समितिका अध्यक्ष विनोद मेहता, माओवादी गाउँपालिका कमिटीका सचिव संजय चौहान, लतिफ मियाँ, साविक गाविस सुर्जाहाका पूर्व गाविस अध्यक्ष शिवनाथ महतो, विन्दुभुषण साह लगायतकाले पार्टी प्रबेश गरेका हुन् । गत बर्षकाे निर्वाचनमा तत्कालिन संघिय समाजवादी फाेरमबाट विनाेद मेहता वडाध्यक्षमा चुनाव लडेका थिए  ।

    यसैगरी सोही कार्यक्रममा पोखरिया नगरपालिका वडा नं. ६ श्रीसियाका वडाध्यक्ष सियानन्द प्रसाद चौहान पनि पार्टी प्रबेश गरेकाे नेपाली कांग्रेस पर्सा क्षेत्र नं. ३ का सभापति श्रीकिशुन चौहानले जानकारी दिए । वडाध्यक्ष चाैहान संगै चानजित बैठा, इनरदेव यादव, शिवनारायण यादव, संताेष यादव, हरि राम, बिरेन्द्र महताे, अवधेश साह, अमरदेव राम लगायतकाले एक सय जनाले प्रबेश गरेकाे सभापति चाैहानले वताए ।

    पकहा मैनपुर गाउँपालिका समितिका अध्यक्ष हरि चौहानको अध्यक्षतामा भएको कार्यक्रममा नवप्रबेशी सबै जनालाई नेपाली कांग्रेसका केन्द्रिय सदस्य अजय चौरसिया, पूर्व केन्द्रिय सदस्य सुरेन्द्र चौधरी, जिल्ला सभापति जनार्दन सिंह क्षेत्री, मधेश प्रदेशका खानेपानी तथा उर्जा बिकास मन्त्री ओमप्रकाश शर्मा, नेपाली कांग्रेस पर्सा उपसभापतिद्वय रामनारायण कुर्मी, अशाेक कुमार गुप्ता, प्रवक्ता रमेश पाण्डे लगायतकाले फुल माला र अविरको टिका लगाएर पार्टीमा स्वागत गरेका थिए भने कार्यक्रमकाे संचालन जिल्ला सदस्य ललन द्विवेदीले गरेका थिए ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    © 2024 kalikakhabar.com All right reserved Site By : KOsYs