विल स्मिथलाई ओस्करमा १० वर्ष प्रतिबन्ध

  • कालिका खवर
  • शनिबार, चैत्र २६, २०७८
  • काठमाडौँ — हलिउड अभिनेता विल स्मिथलाई ओस्कर अवार्ड र एकेडेमीका अन्य कार्यक्रममा १० वर्ष सहभागी हुन नपाउने गरी प्रतिबन्ध लगाइएको छ । एकेडेमीद्वारा जारी वक्तव्यमा भनिएको छ, ‘९४औं ओस्कर अवार्ड स्मिथले स्टेजमा देखाएको अस्वीकार्य र हानिकारक व्यवहारका कारण छायाँमा पर्‍यो ।’

    शुक्रबार बसेको एकेडेमीको बैठकले कलाकार र अतिथिको सुरक्षामा एकेडेमी प्रतिबद्ध छ भन्ने विश्वास जगाउन स्मिथमाथि कारबाही गरेको जनाएको छ । असामान्य परिस्थितिमा पनि सहज देखिएको भन्दै एकेडेमीले क्रिस रकलाई धन्यवादसमेत दिएको छ ।

    यस पटक स्मिथले ‘किंग रिचर्ड’ बाट उत्कृष्ट अभिनेताको अवार्डसमेत जितेका थिए । तर कार्यक्रम प्रस्तोता कमेडियन क्रिस रकसँगको लफडाले उनलाई उल्झनमा पारिदियो । अवार्ड समारोहको क्रममा क्रिस रकमाथि थप्पड हानेपछि स्मिथको आलोचनासमेत भयो ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2024 kalikakhabar.com All right reserved Site By : KOsYs