५ लाख घुससहित मालपोतका हाकिम पक्राउ

  • कालिका खवर
  • सोमवार, चैत्र २८, २०७८
  • वीरगञ्ज – भूमिसुधार तथा मालपोत कार्यालयका प्रमुख जनकपुरमा घुससहित पक्राउ भएका छन् ।

    मालपोत कार्यालय धनुषाका निमित्त प्रमुख प्रशासकीय अधिकृत सुनिल कुमार झालाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिवासको टोलीले ५ लाख रुपैयाँ घुससहित पक्राउ गरेको हो ।

    जनकपुरधाम उपमहानगरपालिका-२ भानुचोकस्थित रहेको चिया पसलबाट उनलाई अख्तियारले पक्राउ गरेको छ ।

    एक सेवाग्राहीबाट जमिन पास गराउने सम्बन्धमा घुस मागेको गोप्य सूचनाको आधारमा बर्दिवासबाट खटिआएको अख्तियारको टोलीले उनलाई पक्राउ गरेको जनाईएको छ ।

    झाले सेवाग्राहीलाई चिया पसलमा ५ लाख रुपैयाँसहित आउन भनेका थिए । कालो प्लास्टिकमा बेरिएर राखिएको ५ लाख रुपैयाँ सहित उनलाई बिहान करिब साढे ८ बजे पक्राउ गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिवासको कार्यालयले जनाएको छ ।

    झालाई प्रक्रिया पुरा गरी बर्दिवास लाग्ने तयारी भइरहेको छ ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2024 kalikakhabar.com All right reserved Site By : KOsYs