कमल थापाकी छोरी प्रतिष्ठाद्वारा राप्रपा परित्याग

  • कालिका खवर
  • बुधबार, चैत्र ३०, २०७८
  • राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालका अध्यक्ष कमल थापाको छोरी प्रतिष्ठा थापा रायमाझीले राजेन्द्र लिङ्देन नेतृत्वको राप्रपा परित्याग गरेकी छिन् । गत महाधिवेशनमा केन्द्रीय सदस्य पदमा निर्वाचित उनले  साधारण सदस्य समेत नरहने गरि राप्रपाबाट राजीनामा दिएकी हुन् ।केही दिनअघि थापाका भतिजा अभिषेक थापाले पनि राप्रपा परित्याग गरेका थिए । पछिल्लो समय लिङ्देन नेतृत्वको राप्रपा छोडेर थापा नेतृत्वको राप्रपा नेपालमा आउने क्रम तीव्र रुपमा चलेको छ । मंगलबार मात्र राप्रपा केन्द्रीय सदस्य युवती कार्कीले पनि पार्टी छाडेकी थिइन् ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2024 kalikakhabar.com All right reserved Site By : KOsYs