पोखरा महानगरको मेयरमा संसद पहारीको दाबी

  • कालिका खवर
  • बुधबार, चैत्र ३०, २०७८
  • आगामी स्थानिय तहको निर्वाचनमा पोखरा महानगरपालिकाको मेयरमा प्रदेश सांसद तथा नेकपा एमालेका केन्द्रीय सदस्य राजीव पहारीले आफ्नो दाबी प्रस्तुत गरेका छन्।

    मंगलबार एमाले महानगरपालिका कमिटीले मेयर र उपमेयरको आकांक्षीहरुको नाम संकलन गर्ने क्रममा सांसद पहारीले मेयरमा आफ्नो दाबी गरेका हुन् । गत स्थानिय तहको निर्वाचनमा पनि पहारीले आफ्नो दाबी प्रस्तुत गरेका थिए । २०७४ मा टिकट नपाएका पहारीको अहिले भने राम्रो सम्भावना रहेको देखिन्छ । पहारीसहित १२ जनाले मेयरमा र उपमेयरमा ११ जनाले आकांक्षा राखेका छन् । मेयरका अन्य आकांक्षीहरुमा प्रदेश सांसद कृष्णबहादुर थापा, प्रदेश प्रा.डा. विश्वकल्याण पराजुली, प्रदेश कमिटी उपसचिव रश्मी आचार्य, भीम कार्की, मिनाकुमारी गुरुङ, सावित्री भण्डारी, बालसिंह काउछा मगर, दीपक पौडेल, पुष्पराज अधिकारी, पुष्पज्योति ढुंगाना र दर्शन लामा छन् ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2024 kalikakhabar.com All right reserved Site By : KOsYs