
आगामी जेठ १४ गते बलिउड अभिनेता सलमान खानको कार्यक्रम काठमाडौंको दशरथ रंगशालामा हुँदैछ । कार्यक्रममा २५ देखि ३५ हजार दर्शक उपस्थित हुने अपेक्षा रहेको आयोजक ओडीसी इन्टरटेनमेन्टले बिहीबार पत्रकार सम्मेलन गरी जानकारी दिएको छ । पत्रकार सम्मेलनमा बलिउड अभिनेता तथा सलमान खानका भाइ सोहेल खान पनि उपस्थित थिए । उनको जेए इभेन्ट म्यानेजमेन्ट कम्पनीले कार्यक्रमका लागि ओडीसी इन्टरटेनमेन्टसँग सहकार्य गरेको छ ।