खनियाबासमा एमाले एक्लै चुनाब लड्न सक्षम छ – युबा नेता गुरुङ

  • कालिका खवर
  • बिहिबार, बैशाख १, २०७९
  • आसन्न स्थानिय निर्बाचन २०७९ साल बैसाख ३० गते तोकिए संगै देशभर चुनाबको माहोल तातिएको छ । सत्ताधारी दल हरु गठबन्धन गरेर नेकपा एमालेलाई एक्ल्याउने र निमिट्यान्न पार्ने दाउमा छ भने एमाले पनि देशभर बलियो सांगठनिक संरचना र जनताको बढ्दो आकर्षणका कारण त्यति सजिलै हार मान्ने वाला छैन । धादिङमा पनि सत्ता घटकका दल हरु गठबन्धन गरेर चुनाबी मैदानमा जाने कोसिस मोटामोटी रुपमा उपल्लो नेता हरु सहमत भए पनि जनताबिचको गठबन्धन त्यति सजिलै नभएको देखिन्छ । खनियाबास गाउपालिकामा अघिल्लो चुनाबमा पहिलो नेपाली काङ्ग्रेस भएको थियो भने नेकपा एमाले दोश्रो स्थानमा थियो । अहिले नेपाली काङ्ग्रेस अरु दल संग गठबन्धन गरेर जादा बाहिर बलियोजस्तो देखे पनि भित्र भित्रै कमजोर हुने र आपसी कलहका कारण कमजोर अबस्थामा रहेको त्यहाका युबा नेता वडा नं ४ का वडा अध्यक्ष हरि सिं गुरुङ बताउछ्न । 
    यसै बिचमा नेकपा एसका पालिका कमिटिका अध्यक्ष फुर बहादुर तामाङको सामाजिक संजालको सार्बजनिक अभिव्यक्ति लाई आधार मान्ने हो भने गठबन्धको आधार पनि बलियो छैन ! वहाको भनाई अनुसार गठबन्धनका काङ्ग्रेस भन्दा पनि नेकपा एस, माओबादी केन्द्र र राप्रपा छलफल गर्नु पर्ने देखियो भन्ने लेख्नुको पछाडी गठबन्धन भत्किनु पर्ने वा भनेको राम्रो भाग नपाए तालमेल नहुने कुरो बुझिन्छ । काङ्ग्रेसि जनमा आकाङ्क्षा राख्ने धेरै र त्यस माथी गठबन्धनका साना दललाई अनावश्यक भाग छोड्नु, माओबादी जस्तो चरम बर्ग शत्रुलाई बोकेर हिड्ने भए पछि काङ्ग्रेसि र माओबादी मतदातामा निरासा छाएको छ । “त्यसो हुदा हाम्रो बिगतको एमाले केही चोइटिएको भए पनि त्यसको असर एमालेजनमा खासै परेको छैन, नेकपा एमालेका उम्मेदवार पनि युबा, पार्टी संगठन बुझेको, भिजन भएको, जनताको दुख बुझ्न सक्ने र निर्णय गर्न सक्ने नेतृत्व पार्टी कमिटिबाट सिफारिस भएकोले हामी सिंगल लड्दा पनि पालिकामा चुनाब जित्न सक्षम छौं र पार्टी नेतृत्व संग पनि त्यही कुरा भैइरहेको छ ।”- पालिका अध्यक्षमा सिफारिस हुनु भएको मध्यको एक युबा नेता, बहालवाला अध्यक्ष हरि सिं गुरुङ भन्नू हुन्छ । नेकपा एमाले गाउपालिका कमिटिले अघि सारेको पलिकाको अध्यक्षको उम्मेदवारमा एमालेको जिल्ला कमिटिको नेता तथा खनियाबास गाउपालिकाका इन्चार्ज ईमान तामाङ र हरि सिं गुरुङ मध्य दुइमा एक लगभग निश्चित जस्तै बुझिएको छ ।
    स्वाभाबैले अहिलेको परिस्थितिमा राजनैतिक चेतना र यसको परिधि बदलिदै गएको छ । मतदाता सबै पुराना सोचका मात्र छैनन, पढेलेखेका, युवा, कोरा पार्टि भन्दा पनि परिवर्तनका पक्षमा जनमत दिनु पर्छ भन्ने जमात ठुलै भएकोले उपयुक्त र युबा उम्मेदवार पार्टिले उठाएको खन्डमा जित उतै तिर पल्ला भारी हुने देखिन्छ । अघिल्लो चुनाबमा काठमाडौ महानगरपालिकामा रन्जु दर्शनाले पाएको भोटको भारले पनि यो अनुमान सजिलै लगाउन सकिन्छ ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2024 kalikakhabar.com All right reserved Site By : KOsYs