दलित समुदायले बिकासको प्रत्याभुती नगरेसम्म देश विकास नहुने : सांसद यादव

  • कालिका खवर
  • आइतवार, बैशाख ४, २०७९
  • वीरगञ्ज – दलित समुदायले बिकासको प्रत्याभुती नगरेसम्म देश विकास नहुने सांसद प्रदीप यादवले बताएका छन् । पर्साको पटेर्वासुगौली गाउँपालिकाको बेल्वामा आयोजित दलित भेला तथा पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै सांसद यादवले दलित तथा पिछडिएका समुदायको उत्थानबिना देशको उत्थान असम्भव भएको बताए ।

    बिकास र परिवर्तनका लागि सामाजिक ऐक्यबद्धता जनाउनुपर्नेमा जोड दिँदै सांसद यादवले हरेक समुदायको समान सहभागिता हुनुपर्ने धारणा राखे । उनले भने, ‘जात, धर्म तथा वर्गको नाममा राजनीतिक गर्नेहरुलाई परास्त गर्नुपर्ने बेला अब आएको छ । त्यसैले दलितहरुलाई बेवास्ता गर्ने र जात तथा वर्गको आधारमा राजनीतिक गर्नेहरुलाई तह लगाउन सबै सचेत हुन आवश्यक छ ।’

    सामाजिक सुरक्षा एवम् दलित समुदायको उत्थानका लागि संसदमा पनि पटक पटक आवाज उठाउँदै आएको स्मरण गर्दै सांसद यादवले आगामी दिनमा पनि सशक्त ढंगले पिछडिएका समुदायको आवाजलाई उठाउने प्रतिबद्धता व्यक्त गरे ।

    जसपा गाउँपालिका कमिटीका अध्यक्ष रामदेनी यादवको अध्यक्षतामा भएको कार्यक्रममा रामेश्वर दास थारुको नेतृत्वमा १ सय ५० जनाले जनता समाजवादी पार्टीमा प्रवेश गरेका थिए ।

    नेकपमा माओवादी केन्द्र, नेकपा एमाले, लोसपा, नेपाली कांग्रेस लगायतका पार्टी परित्याग गरी उनीहरुले जसपा प्रवेश गरेका हुन् । कार्यक्रममा केन्द्रिय सदस्य बिरेन्द्र यादव, प्रदेश सभा सदस्य मञ्जुर अन्सारी, जिल्ला अध्यक्ष रामनरेश यादव, सचिव तबरेज अहमद, प्रदेश सदस्य दिपक यादव, क्षेत्रीय अध्यक्ष नागेन्द्र यादव लगायतको उपस्थिती रहेको थियो ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2024 kalikakhabar.com All right reserved Site By : KOsYs