मेयर सरावगी भन्छन, “वीरगञ्जसँग महानगर हुने विशिष्टता छैन” [भिडियो सहित]

  • कालिका खवर
  • सोमवार, बैशाख ५, २०७९
  • वीरगञ्ज – विजयकुमार सरावगीले वीरगञ्ज महानगरपालिका बन्न लायक नरहेको बताएका छन् ।

    स्थानीय एक सञ्चारसंस्थालाई अन्तर्वार्ता दिँदै वीरगञ्जका मेयर विजयकुमार सरावगीले वीरगञ्ज महानगर बन्न लायक नभएको बताएका हुन् । सरावगीका अनुसार राजनीतिक कारणले अन्तिम अवस्थामा निर्वाचनको मुखमा महानगरपालिका घोषणा गरिएको वीरगञ्जसँग महानगर बन्ने २० प्रतिसत पनि गुण छैन ।

    “वीरगञ्जलाई एकदमै राजनीतिक कारणले अन्तिमअन्तिम अवस्थामा जब चुनाव हुनवाला थियो पहिलो । त्यसमा यसलाई महानगरपालिका घोषणा गरियो । र यदि स्थानीय सरकार सञ्चालन एन पढे हो भने महानगरपालिकाको स्पेसिफिकेसन (विशिष्टता) मा वीरगञ्ज २० प्रतिसत पनि छैन आजको दिनमा,” अन्तर्वातामा सरावगीले भनेका छन् ।

    साढे ४ वर्षसम्म वीरगञ्जको मेयरका रुपमा कार्यकाल सम्भाली सकेका सरावगीले वीरगञ्ज महानगरपालिका बन्न लायक नरहेको भन्नु आफैमा लज्जास्पद कुरा भएको र नैतिकताको आधारमा उनले राजनीमा दिनुपर्ने जसपाका नेता सुरज गुप्ता बताउँछन् । “महानगर बन्ने गुण छैन भन्ने अनि मेयर बनेर सबै सेवासुविधा लिने । मेयर साबको यो दोहोरो चरित्र भएन । त्यस्तो हो भने नैतिकताको आधारमा उनले राजिनामा दिनुपर्छ,” गुत्पाले भने ।

    सरावगीले वीरगञ्जसँग महानगर बन्ने गुण नभएको बताएपनि यहाँका जनतासँग महानगरपालिका सरह कर असुली गर्ने गरेका छन् ।

    मेयरमा निर्वाचित भएर आएपश्चात सरावगीले यहाँ ५ सय प्रतिसतसम्म कर वृद्ध गरेको स्थानीय व्यवसायीहरुको आरोप छ । “पहिला हामी जहाँ ५ हजार रुपैयाँ वर्षेनी कर तिर्थ्यों, आज विजय सरावगी मेयर भएर आएपछि २५ हजार रुपैयाँ तिर्नु परेको छ । सेवासुविधा केही छैन । कर बढाएर जनतालाई दु:ख दिने काम मात्र भएको छ,” स्थानीय व्यवसायी हिरालाल शर्माले भने, “कर बढाउने अनि
    वीरगञ्ज महानगरपालिका लायक छैन भन्ने मेयर सरावगीलाई लाज लाग्नुपर्ने हो ।”

     

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2024 kalikakhabar.com All right reserved Site By : KOsYs